मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुरको पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीमा आइतवार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

से ६ प २९२८ नम्बरको मोटरसाइकलको ठक्करले पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीका सिंह बहादुर तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए ।

तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करले सडकमा बसिरहेका ७० वर्षीय सिंह बहादुर तामाङ र ५५ वर्षीय बल बहादुर तामाङ घाइते भएका थिए ।

गम्भीर घाइते भएका सिंह बहादुरको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक १६ वर्षीय मदन तामाङ पनि घाइते भएका छन् । घाइते दुवै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : ४० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी