नेपालगञ्जमा बजार विस्तारको काम शुरु « Khabarhub

नेपालगञ्जमा बजार विस्तारको काम शुरु


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– लामो समयको रस्साकस्सीपछि अन्ततः नेपालगञ्ज उपमहानगरपालिकाको एकलैनी बजार क्षेत्र विस्तारको काम शुरुआत गरिएको छ ।

दुई दशक पुरानो एकलैनी बिस्तार योजना कहिले बजेट अभाव तथा कहिले स्थानीयको अवरोधका कारण अघि बढ्न सकेको थिएन । स्थानीय वडा कार्यालयहरुको समन्वयमा स्थानीयलाई सहमतिमा लिएर विस्तारको काम शुरु गरिएको उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले जानकारी दिए ।

उक्त बजार क्षेत्रमा दुई छेउ नालासहितको सात मिटरको पक्की सडक निर्माणको काम शुरुआत गरिएको र दुई महिनाभित्र सक्ने योजना नगरपालिकाले तय गरेको छ । नाला र सडक निर्माणका लागि उपमहानगरपालिकाको आन्तरिक कोषवाट झण्डै रु २२ करोड छुट्याइएको उनले बताए ।

स्थानीय तहमा जनप्रतिनिधि आएर काम गर्न लागेको तीन बर्ष पुग्न लाग्दा समेत विवादका कारण एकलैनी बजार क्षेत्र विस्तार योजनाको काम अघि बढन् सकेको थिएन । नेपालगन्ज- ३ का वडाध्यक्ष मोहम्मदआयुब सिद्दीकीले भने, ‘लामो समयको खिचातानीपछि अहिले एकलैनी क्षेत्रका स्थानीयहरु घर भत्काउन सहमत भएका छन् ।’

नेपालगञ्ज सानो हुँदा सबै कारोबार एकलैनी बजारबाट हुने गथ्र्यौ । समय क्रमसंगै नेपालगन्जले आकार लिदै गएपनि यो क्षेत्र भने खुम्चिएकै स्वरुपमा छ । मोटर जान नसक्ने तीन मिटरभन्दा सानो वाटो, अव्यवस्थित पसल, फोहरमैला विसर्जनका लागि स्थान अभावको लगायत साँघुरोपनको अवस्था एकलैनीले बर्षौदेखि भोग्दै आएको छ । बजार विस्तार हुन नसक्दा यो क्षेत्रवाट श्रृंगार र दैनिक उपभोग्य बस्तुको पसल बाहेक अन्य पसलहरु विस्तारित क्षेत्रमा सर्दै गएका छन् ।

‘आफ्नो बजार क्षेत्रमा कारोबार नै नहुने अवस्था देखिएपछि त्यहाका स्थानीय बाध्य भएर सहमतिमा आएका हुन्,’ नगर प्रमुख राणाले भने । यसका साथै एकलैनी विस्तारका लागि अहिले चारैतिरबाट दबाब बढ्दै गएको थियो । झण्डै पाँचहजार घरधुरीको बसोबास रहेको यो बजार क्षेत्रमा योजना अन्तर्गत चौडा सडक र नाला निर्माण हुने योजना रहेको नगर प्रमुख राणाले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ११ : १७ बजे

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले