नक्कली फेसबुक बनाएर चरित्रहत्या! « Khabarhub

नक्कली फेसबुक बनाएर चरित्रहत्या!


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न आएको छ ।

कर्णाली आवाज डटकम सञ्चालन गर्दै आएका जुम्लाका २६ वर्षीय पसल रोकायाले कर्णाली एचडी फेसबुक पेज र युट्युब प्रयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

विभिन्न व्यक्तिले चरित्रहत्या र ठगी गरेको भनी दिएको उजुरीका आधारमा उनलाई आइतबार इलामबाट पक्राउ गरी ल्याएर आजदेखि आवश्यक अनुसन्धान थालिएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।

उनले विभिन्न ठाउँमा जागिर लगाई दिने बहानामा पैसासमेत ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले दुवै पक्षको नक्कली फेसबुक एकाउन्ट बनाई च्याट गरी त्यसको स्क्रिनसट प्रयोग गरेर भ्रामक समाचार प्रकाशन गरेको पत्ता लागेको छ ।

उनी खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा दर्ता गरी ठेक्कापट्टा पनि गर्ने गरेको पाइएको छ । शुभलक्ष्मी अस्पतालको अध्यक्ष बनेको तथा संविधान कलेज पनि हालसालै दर्ता गरेको पाइएको छ । त्यसमा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाइ गराउने भनी प्रचार गरेको पाइएको परिसरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

नर्समा नाम निकालिदिन्छु भनी यौन दुर्वयहार तथा ब्ल्याकमेल गर्ने गरेको भन्दै यसअघि उनीविरुद्ध पटकपटक साइबर अपराध तथा ठगी मुद्धा चलेको पत्ता लागेको छ । नर्सिङ काउन्सिलको परीक्षामा उत्तीर्ण गराई दिन्छु भनी एक जनाबाट रु ७० हजार माग गरेको र पैसा प्राप्त नभएपछि नक्कली फेसबुक बनाएर चरित्रहत्या गरेको विषयमा परिसरमा विद्युतीय अपराध शीर्षकमा उजुरीसमेत परेको छ ।

उनले सामाजिक सञ्जालको दुरुपयोग गरी नर्सिङ काउन्सिलका विभिन्न पदाधिकारी तथा अन्य व्यक्तिको नाम र फोटो प्रयोग गरी उक्त आइडीबाट जागिर लगाइदिन्छु, लोकसेवा परीक्षा पास गराइदिन्छु, नर्सिङ काउन्सिलको परीक्षामा नाम निकालिदिन्छु भनी रकमको मोलतोलसमेत गर्ने गरेको खुल्न आएको छ ।

उनले राष्ट्रिय अनुसन्धानको सहायक अनुसन्धान अधिकृतमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिबाट रु छ लाखसमेत ठगी गरेको खुल्न आएकाले अनुसन्धान जारी रहेको जनाइएको छ । उनले ‘कालीकोटमा इन्जिनीयरका रुपमा जागिर खाई करोडौँ रुपैँया भ्रष्टाचार गरी कालोमोसो दलेर निकाला गरिएको छ, हेर्नुहोस’ भन्दै पीडितको फोटो इडिट गरी कालोमोसो लगाएको जस्तो बनाई झुटो समाचार बनाएको भन्दै प्रहरीमा पीडितको उजुरी परेको जनाइएको छ ।

उनले विभिन्न व्यक्तिसँग रकम माग गर्ने र रकम नदिएपछि उक्त व्यक्तिका विषयमा गलत र भ्रमपूर्ण समाचार तयार गरी आफैँले वाचन गरी फोटो जोडेर भ्रामक समाचार प्रकाशन गर्ने गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ३ : ५५ बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो