सडक कालोपत्र गर्न ढल व्यवस्थापनको काम हुँदै « Khabarhub

सडक कालोपत्र गर्न ढल व्यवस्थापनको काम हुँदै


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सातदोबाटो–गोदावरी सडकखण्डअन्तर्गत हरिसिद्धिको मूल सडकमा ढल व्यवस्थापनको काम भइरहेको छ । लामो समयदेखि अस्तव्यस्त र भद्रगोल सडकलाई व्यवस्थित बनाएर कालोपत्र गर्न सो खण्डमा उक्त काम धमाधम अघि बढेको हो ।

गोदावरी नगरपालिका–१४ ठैव सिमानादेखि ललितपुर महानगरपालिका–२९ हात्ती वनसम्मको सडकमा आकाशे पानीका साथै नाली निकास गर्ने ढल र पाइप हाल्ने काम भइरहेको वडा नं २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले बताए । उनले भने, “यस सडकखण्डमा आकाशको पानी पठाउने ठाउँ नहुँदा बढ्दै गएका खाल्डाखुल्डी र हिलोले कयौँ मोटरसाइकल लडेर दुर्घटना हुनेगथ्र्यो, अव्यवस्थित सडकलाई सुधार गरेर जनताको स्वास्थ्यलाई धुलोबाट पनि जोगाउन हामी लागि परेका छौँ ।” सो सडक मर्मतको काम सकिएसँगै तत्काल यथास्थितिमै कालोपत्र गरिने महर्जनले जानकारी दिए ।

उक्त खण्डको खाली जग्गामा पर्खाल लगाएर हरिसिद्धिदेखि गोदावरीसम्ममै सडक अब कालोपत्रको काम अघि बढिरहेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनको भनाइ छ । उनले भने, “यही असोज १५ गतेदेखि यस सडकखण्ड सुधारको काम अघि बढेसँगै दैनिक यात्रा गर्ने वडा नं– १ गोदामचौर, नं २ विशङ्ख, नं ३ साविकको गोदावरी, नं बडिखेल, नं ५ लेले र नं १४ बाडेगाउँका वडावासीले वैकल्पिक मार्ग प्रयोग गरेर हामीलाई निकै सहयोग गरिरहनुभएको छ ।” उक्त सडकखण्डमा बिहान ६ बजेदेखि राति ११ बजेसम्म तीन चार डोजरका साथै कामदार खटिएर धमाधम आवश्यक काम गरिरहेको उनले बताए ।

सो खण्ड भएर दैनिक यात्रा गर्ने जनताले वैकल्पिक मार्गका रुपमा ठैवचोकदेखि महालक्ष्मी नगरपालिकाको सानागाउँ अनि इमाडोल र हरिसिद्धि क्यान्सर अस्पताल पछाडिको मार्गका साथै चापागाउँ छिरेर धापाखेल निस्कने गरिरहेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ५ : २८ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने