बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ « Khabarhub

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय पाँचु सरदार रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पीडित परिवारको उजुरीका आधारमा पक्राउ परेका सरदारविरुद्ध आजै उजुरी दर्ता गरी जिल्ला अदालतबाट म्यादसमेत थप गरेको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएका बेला शनिबार साँझ बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित सरदारलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार पीडितको स्वास्थ्य परीक्षण भएको बताइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : १५ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने