दश केजी गाँजासहित तीन जना पक्राउ « Khabarhub

दश केजी गाँजासहित तीन जना पक्राउ


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती – दश केजी गाँजासहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी लेवटबाट खटिएको टोलीले हेटौंडा–३ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा प्रदेश–३–०३–००१ ज ००१२ नम्बर यात्रुवाहक म्याजिक चेक गर्दा त्यसमा सवार यात्रीलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१९ का ४६ वर्षीय वीरबहादुर घलान, मनहरी गाउँपालिका–५ का ४० वर्षीया सृजना तामाङ र कैलाश गाउँपालिका–१० का २४ वर्षीय प्रकाश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुले बोकेको झोलामा १० केजी दुई सय ८८ ग्राम गाँजा फेला परेको बताइएको छ । गाँजासहित पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि बेवारिसे अवस्थामा रहेको २ सय २९ केजी गाँजा पनि प्रहरीले बरामद गरेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : ५७ बजे

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा