मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली, पुनर्गठनमा सहमति जुट्न सकेन « Khabarhub

मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली, पुनर्गठनमा सहमति जुट्न सकेन


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलको विस्तार गर्ने तयारी थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार मन्त्रिपरिषद पुर्नगठनबारे छलफल भएको थियो ।

उक्त छलफलमा दुवै अध्यक्षले आ–आफ्नो अडान राखेपछि पुर्नगठनमा सहमति हुन सकेन । तर, रिक्त स्थानमा मन्त्री थप्ने विषयमा भने सहमति भएको छ ।

प्रचण्डले सबै मन्त्रीहरुलाई फिर्ता बोलाएर आवश्यक परेको खण्डमा फेरी पठाउने प्रस्ताव अघि सारेका थिए । तर‌, प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा,रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई फिर्ता बोलाउन नचाहेपछि सहमति जुट्न सकेको थिएन ।

स्रोतका अनुसार रिक्त रहेका स्थानमा भने मन्त्री थप्ने विषयमा दुई अध्यक्षबीच सहमति भएको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ११ बजे

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक