अमेरिकामा थपिए एकैदिन सर्वाधिक संक्रमित « Khabarhub

अमेरिकामा थपिए एकैदिन सर्वाधिक संक्रमित


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका राष्ट्रपतीय पदको चुनावी सरगर्मीमा रहँदा कोरोना भाइरसको संक्रमण भने बढ्दो छ ।

राष्ट्रपतीय चुनावको मतपरिणाम सबैको ध्यान केन्द्रित भइरहँदा त्यहाँ एकैदिन अहिलेसम्मकै धेरै १ लाखभन्दा बढी संक्रमित भएका छन् ।

बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १ हजार ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९७ लाख ९४ हजार ७४१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६२ लाख ८२ हजार ४९९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३२ लाख ७२ हजार ४६२ जनामध्ये १७ हजार ९०१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३९ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १५२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ७८० पुगेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ६ : ३७ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम