अमेरिकामा थपिए एकैदिन सर्वाधिक संक्रमित | Khabarhub Khabarhub

अमेरिकामा थपिए एकैदिन सर्वाधिक संक्रमित


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका राष्ट्रपतीय पदको चुनावी सरगर्मीमा रहँदा कोरोना भाइरसको संक्रमण भने बढ्दो छ ।

राष्ट्रपतीय चुनावको मतपरिणाम सबैको ध्यान केन्द्रित भइरहँदा त्यहाँ एकैदिन अहिलेसम्मकै धेरै १ लाखभन्दा बढी संक्रमित भएका छन् ।

बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १ हजार ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९७ लाख ९४ हजार ७४१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६२ लाख ८२ हजार ४९९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३२ लाख ७२ हजार ४६२ जनामध्ये १७ हजार ९०१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३९ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १५२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ७८० पुगेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ६ : ३७ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार