नेपाली सेनालाई भारतीय सेनाप्रमुख नरवणेले दिए स्वास्थ्य सामग्री | Khabarhub Khabarhub

नेपाली सेनालाई भारतीय सेनाप्रमुख नरवणेले दिए स्वास्थ्य सामग्री


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तानान्तरण गरेका छन् ।

भारत सरकारको तर्फबाट नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्सलगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

कोभिड–१९ महामारीविरुद्धको लडाइमा अझ सघाउ पुर्‍याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहार स्वरुप प्रदान गरिएको छ । यस अघि गत जुलाईमा भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  १ : ३८ बजे

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम