होटलबाट तीन युवतीसहित सात पक्राउ « Khabarhub

होटलबाट तीन युवतीसहित सात पक्राउ


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढीको बसपार्कमा सञ्चालित एक होटलबाट तीन युवतीसहित सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले गएराति बसपार्कस्थित न्यु बडिकेदार होटलका सञ्चालक टेकेन्द्र बडैलासहित सात जनालाई पक्राउ गरिएको हो ।

बेचविखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उनका अनुसार १७, १८ र १९ वर्षीया युवती र होटल सञ्चालक बडैलासहित चार जना पुरुषलाई पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१६ जुवाडे पक्राउ

इलाका प्रहरी कार्यालय लम्की कैलालीले जुवातास खेलिरहेका अवस्थामा रु ५२ हजारसहित १६ जनालाई पक्राउ गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–७ स्थित कुस्माखर देवकोटाको पक्कीघरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी निरीक्षक भरतबहादुर शाहको कमाण्डमा खटिएको टोलीले आज उनीहरुलाई रु ५२ हजार ३९५ सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–४ का मनिप्रकाशकुमार जैसी, गणेशप्रसाद न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, रमेश विष्ट, कमलप्रशाद जैसी, दयाराम न्यौपाने, भानुप्रसाद जैसी, ईश्वर शर्मा, नरदेव चौलागाई, लम्की चुहानगरपालिका–७ का देवेन्द्र रावत, तारा ढकाल, रुपानन्द बजगाई, रामबहादुर चौधरी, लक्ष्मी आचार्य, जनक भण्डारी, कुष्माखर देवकोटा रहेका छन् ।

पक्राउ गरेका व्यक्तिहरुमाथि थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । यसैगरी प्रहरीले जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कैलालीले ११ वर्ष कैद सजाय तोकी फरार रहेको एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पीडित भजनी नगरपालिका–५ का दीर्घबहादुर कामी रहेका छन् । कामी तीन वर्षदेखि जबरजस्ती करणी मुद्दामा फरार रहेका थिए । उनलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कैलालीमा दाखिला गरेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ३ : ५५ बजे

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको