कोरोना संक्रमणमुक्त भइन् अभिनेत्री ऋचा शर्मा « Khabarhub

कोरोना संक्रमणमुक्त भइन् अभिनेत्री ऋचा शर्मा


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका ऋचा शर्मा कोरोना भाइरस संक्रमणमुक्त भएकी छिन् ।

३ हप्ताअघि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । ऋचाले सामाजिक सञ्जलमार्फत आफू कोरोना भाइरसबाट संक्रमणमुक्त भएको बताएकी हुन् ।

‘कोरोनाको यस महामारी एक अटुट सत्य हो र यसबाट सकेसम्म आफु र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सबैको दायित्व,’ ऋचाले लेखेकी छिन्, ‘भयावह अवस्थाबीच म पनि कोरोना संक्रमित हुन पुगेँ ।’

उनले विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटूट सत्य भएको र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व भएको बताएकी छिन् ।

पढेर या परेर जानिने भन्दै ऋचाले भनेकी छिन्, ‘यस भयावह अवस्था बिच म पनि कोरोना बाट संक्रमित हुन पुगेँ । पछिल्लो तीन हप्ता देखि सेल्फ क्वारेन्टिनमा बसी अब सम्पूर्ण रुपमा स्वथ्य भएको छु कोरोनाको बारे हामीलाई अझै सम्पूर्ण ज्ञान नभएको, नयाँ फाइंडिंगहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलिँदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु ।’

यसअघि मनोज गजुरेल, हरिवंश आचार्य दम्पत्ती लगायत अन्य सेलिब्रेटीमा पनि कोरोना संक्रमण देखिएको थियो । खासगरी काठमाडौंमा कोरोना संक्रमण दर बढ्दो क्रममा छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ४ : ३९ बजे

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

वीरगञ्ज– नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न