कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागू नगर्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागू नगर्न सर्वोच्चको आदेश


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागू नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशका लागि दुबै पक्षलाई कात्तिक २६ गते छलफलमा बोलाउँदै तत्काल उक्त पाठ्यक्रम लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले छलफलबाट अन्तिम आदेशको टुङ्गो नलागेसम्म विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ कार्यान्वयन नगरी यथास्थ्तििमा राख्न भनिएको छ ।

नयाँ पाठ्यक्रम लागू गर्न नहुने भन्दै भागवता अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले विपक्षीलाई नयाँ पाठ्यक्रम लागू गर्नुको कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि भनेको छ ।

सर्वोच्चले कक्षा ११ र १२ को विज्ञान संकायमा गणित विषय किन हटाएको भन्दै जवाफ दिन पाठ्यक्रम विकास केन्द्रलाई आदेश दिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ६ : ०८ बजे

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु