पहिरोमा ज्यान गुमाउनेका परिवारलाई तनहुँ समाज हङकङको सहयोग « Khabarhub

पहिरोमा ज्यान गुमाउनेका परिवारलाई तनहुँ समाज हङकङको सहयोग


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तनहुँको ऋषिङ गाँउपालिका–८ भैसीकिलेमा गत असार २८ गते पहिरामा परेर निधन भएका पाँच जनाको परिवारलाई तनहुँ समाज हङकङले करिब रु साढे दुई लाख सहयोग गरेको छ ।

तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भिमराज गुरुङ र निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले पीडित परिवारकै घरमा पुगी रु दुई लाख ४४ हजार एक सय ५० हस्तान्तरण गरेका हुन् ।

घटना लगत्तै समाजले रु २० हजार सहयोग गरेको थियो । उक्त रकम अनबहादुर थापालाई हस्तान्तरण गरिएको छ ।

पहिराले पुरिएर अनबहादुरका छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया थापा, नातिनी पाँच वर्षीया छोरी अमिषा थापा, छोरा २२ वर्षीय महादेव थापा र बुहारी १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको थियो ।

ऋषिङ पल्टयाङ स्थायी घर भई हाल हङकङमा बसोबास गर्दै आएका लालबहादुर थापाको संयोजकत्वमा विभिन्न सिलसिलमा हङकङ पुगेका नेपालीहरुबाट सङ्कलित उक्त रकम ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिएको समाजका पूर्व अध्यक्ष गुरुङले जानकारी दिए ।

घटनाका पीडितलाई सहयोग गर्न तनहुँ समाज हङकङमा अनुरोध पत्र प्राप्त भएपछि सहयोग सङ्कलन अभियान सञ्चालन गरी तनहुँ साथै अन्य जिल्लाका समेत गरी ५६ जना नेपालीहरुको सहयोगबाट सो रकम सङ्कलन भएको रकम सङ्कलन अभियानका संयोजक लालबहादुर थापाले जानकारी दिए।

रकम हस्तान्तरण गर्दै समाजका पूर्व अध्यक्ष गुरुङले प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । समाजका निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले तनहुँमा विगतदेखि नै विभिन्न दुःख, पीडा पर्दा समाजले साथ दिइरहेको बताए ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पहिरो पीडितका लागि पालिकाले जग्गा प्रदान गरी र विभिन्न सङ्घसंस्थाको सहयोगले घर निर्माण गर्न सकिएको जानकारी दिए ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  १० : ५५ बजे

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह