प्रदेश १ मा ४०१ कोरोना संक्रमित थपिए, ९ को मृत्यु « Khabarhub

प्रदेश १ मा ४०१ कोरोना संक्रमित थपिए, ९ को मृत्यु


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४०१ जना कोरोना संक्रमित थपिएका छन् ।

१ हजार ४६३ जनाको पीसीआर परीक्षण गरिएकोमा ४०१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो ।

संक्रमण पुष्टि भएकामध्ये १५९ महिला र २४२ पुरुष रहेका छन् । यससंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ८०२ पुगेको छ ।

प्रदेश १ मा बिहीवार ५९५ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १२ हजार ६९५ पुगेको छ।

यसैगरी प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा २ महिलासहित ४ जनाको मृत्यु भएको छ।

त्यस्तै, झापामा १ महिला, मोरङमा १ पुरुष र प्रदेश बाहिरका ३ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २२० पुगेको छ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ९ : २५ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले