देशभर ७४ कोरोना संक्रमित भेन्टिलेटरमा, ४२८ को आईसीयूमा उपचार हुँदै « Khabarhub

देशभर ७४ कोरोना संक्रमित भेन्टिलेटरमा, ४२८ को आईसीयूमा उपचार हुँदै


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ सय २ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ७४ जना भेन्टिलेटरमा र ४२८ जना संक्रमित आईसीयूमा उपचाररत छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २११ जना रहेको छ । त्यस्तै ३५ जना भेन्टिलेटरमा छन् ।  लुम्बिनी प्रदेशमा ६२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४५ जना आईसीयू र १३ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ जनाको आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा ९  जना आईसीयू र ४ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ आईसीयुमा र १७ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ९ : ३८ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन,

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा