केही हप्ताभित्रै भारतमा कोभिड-१९ को खोप लगाउन थालिने मोदीको घोषणा « Khabarhub

केही हप्ताभित्रै भारतमा कोभिड-१९ को खोप लगाउन थालिने मोदीको घोषणा


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही हप्ताभित्रै सर्वसाधारणलाई कोभिड-१९ विरूद्धको खोप लगाउन थालिने बताएका छन् ।

शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा मोदीले केही हप्ताभित्रै कोरोनाको खोप तयार भइसक्ने जनाएका हुन् ।

प्रधानमन्त्री मोदीले भनेका छन्, ‘हामीलाई भारतीय वैज्ञानिकहरुले भनेका छन्, हामीले आगामी केही हप्तामा नै यहाँ कोभिडविरुद्धको खोपको शुरुआत गर्दैछौँ ।’

प्रधानमन्त्री मोदीले यसका लागि भारतीय वैज्ञानिकले निकै मेहनत गरेको पनि सो अवसरमा विपक्षी नेताहरुलाई जानकारी गराएका छन् ।

भारतीय वैज्ञानिकहरुले सबैभन्दा पहिला यो खोप कसलाई दिने भनेर सरकारले गृहकार्य गरेको पनि प्रधानमन्त्री मोदीले बताए ।

यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु, कोभिडको उपचारमा खटेका जनशक्ति, बृद्धबृद्धाहरु र यसका विरामीलाई लगाइने गरी तयारी गरिएको जानकारी पनि मोदीले जानकारी दिए ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : ३३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क