अमेरिकामा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड, एकैदिन २ लाख २४ हजारमा संक्रमण « Khabarhub

अमेरिकामा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड, एकैदिन २ लाख २४ हजारमा संक्रमण


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ  ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २४ हजार २४ जनामा संक्रमण पुष्टि भएको छ ।  अमेरिकामा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि शुक्रबार (१९ मंसिरमा) २ लाख २० हजार ६४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

करिव २ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्ला तीन दिन लगातार संक्रमितको संख्या २ लाखभन्दा बढी देखिएको छ ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ४७ लाख ६१ हजार २८७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ५८ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ५८ लाख १७ हजार १९३ जनामध्ये २६ हजार १५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ८५ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६४९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ८५ हजार ४८१ पुगेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ७ : ३३ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई