नेकपा विवाद : आजको सचिवालय बैठकमा ओलीको सहभागिता अनिश्चित « Khabarhub

नेकपा विवाद : आजको सचिवालय बैठकमा ओलीको सहभागिता अनिश्चित


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहमति खोज्ने प्रयासमा दुई दिन बैठक स्थगित गरिए पनि सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आआफ्ना अडान छाडेका छैनन् ।

दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि बढेको विवाद साम्य पार्न दोस्रो तहका नेताहरूको दौडधुप बढेपनि नतिजा सकारात्मक आएको छैन ।

शुक्रबार दिनभरजसो नेताहरुले अनौपचारिक छलफल पनि दुवै पक्षको आआफ्ना अडानमा केन्द्रित हुँदा सकारात्मक हुन सकेन ।

अध्यक्ष एवं प्रधानमन्त्री ओली बैठक स्थगित गरेर अनौपचारिक छलफलबाट सहमति खोज्नुपर्ने पक्षमा छन् । पार्टीभित्र अल्पमतमा परेकाले सहमति नजुटेसम्म अनौपचारिक संवाद अघि बढाउने र बैठकमा नै सहभागी नहुने रणनीति अख्तियार गरेका छन् ।

ओलीले बुधबारको बैठकमा सहभागिता नजनाएर यसको सुरूवात गरिसकेका छन् । उनी आजको बैठकमा पनि उपस्थित हुने नहुने निश्चित छैन ।

‘प्रचण्डले बैठकमा ल्याएको प्रस्ताव नै विधान विपरित छ, कुनै पनि प्रस्ताव वा कार्यसूची तय गर्दा दुई अध्यक्षको सहमतिमा भन्ने विधानमा गरिएको व्यवस्थाको धज्जी उडाइएकाले त्यो फिर्ता गरेर प्रकिया अघि बढाउनु पर्छ भन्ने माग हो,’ ओली निकट एक नेताले भने, ‘विधानविपरित छिरेको प्रस्ताव बहुमत अल्पमतबाट अघि बढ्न सक्दैन ।’

ओली निकट नेताहरूले प्रचण्डलाई भेटेर बहुमत-अल्पमतको प्रक्रियाबाट अगाडि बढ्दा पार्टी एकता भंग हुने भन्दै संवादबाट सहमति खोज्न आग्रह गरेका छन् । तर, प्रचण्डले भने बैठकबाटै सहमति खोज्नुपर्ने बताएका छन् ।

सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार र महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले बिहीबार प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए । उनीहरूले केही दिन बैठक रोकेर छलफलमा बस्न प्रस्ताव गरेको बताइएको छ ।

तर, दाहाल-नेपाल पक्ष भने बैठकबाटै विवाद टुङ्ग्याउनुपर्ने अडानमा छन् । सहमित नजुटे बहुमतबाट ती दुबै प्रस्तावलाई स्थायी कमिटीमा लाने निर्णय गर्ने उनीहरूको तयारी छ ।

यसअघि ओलीको अनुपस्थितिमै बुधबार बसेको सचिवालय बैठकले पार्टीमा उत्पन्न विवाद समाधानका लागि अनौपचारिक र औपचारिक दुवै तहमा नेताहरूबीच संवाद अघि बढाउने, २० गते सचिवालय र २१ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ ।

दाहालले अनौपचारिक रूपमा पार्टी विभाजन गरेको ओलीले आरोप लगाएका छन् भने दाहालले पनि ओलीलाई पार्टी विभाजनको ‘नाइके’को संज्ञा दिएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ८ : १८ बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ