काठमाडौँ- नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड सचिवालय बैठकका निर्धारित समयभन्दा आधा घण्टाअघि नै बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सहमति नभई बैठकमा उपस्थित नहुने जनाउपछि प्नचण्ड ओलीका निकटवर्तीसँग छलफलका लागि आधा घण्टाअघि नै बालुवाटार पुगेको बताइएको छ ।
बालुवाटारमा बालुवाटारमा सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिवा विष्णु पौडेल पनि आधा घण्टाअघि नै पुगेकाले प्रचण्डसँग छलफलमा बसेको जनाइएको छ । तर,उक्त छलफलमा ओली छन् या छैनन् भन्ने खुलेको छैन ।
बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि तीन दिन स्थगित गरेर आज उनीसहित सहभागी हुनेगरी बैठक राखिएको थियो ।
दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
प्रतिक्रिया