‘बल’ प्रयोग गरेर स्थायी कमिटी बैठक बोलाइएकोमा अध्यक्ष ओली असन्तुष्ट « Khabarhub

‘बल’ प्रयोग गरेर स्थायी कमिटी बैठक बोलाइएकोमा अध्यक्ष ओली असन्तुष्ट

आइतबारको बैठकमा सहभागी नहुने संकेत


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसूची तय नगरी स्थायी कमिटी बैठक बोलाएकोमा असन्तुष्टि जनाएका छन्।

अध्यक्ष ओलीले कार्यसूची तथा एजेन्डा नै तय नगरी आइतबारका लागि स्थायी कमिटी बैठक बोलाइएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सदस्यले ‘बल प्रयोग’ गरेको आरोप लगाएका छन् ।

‘पार्टीमा बल प्रयोग हुन थालेको छ । यो पनि बल प्रयोगकै बैठक हो । धेरै बल प्रयोग नगरौं । मैले पहिला पनि भनेको थिएँ । प्रचण्डको लान्छना पत्र छलफलको निम्ति उपयुक्त हैन । त्यसलाई फिर्ता लिनुपर्छ, यसलाई लिएर स्थायी कमिटीमा जान सकिन्नँ । स्थायी कमिटीको बैठक भोलि बस्दैन । यहीं छलफल गरौं । एउटा निष्कर्ष निकालौं । त्यसपछि मात्रै स्थायी कमिटीको बैठक हुन सक्छ’, शनिबारको सचिवालय बैठकमा ओलीले राखेको धारणा उद्धृत गर्दै एक सदस्यले भने ।

बैठकमा उपाध्यक्ष वामदेव गौतमले आवश्यक परे ओलीलाई केही समय दिनुपर्ने प्रस्ताव गरेका थिए ।

‘केपी कमरेडले स्थायी कमिटी बैठक बस्ने हो । तर, बैठक बस्न अलि कति समय लाग्छ भन्नु भएको हो भने समय दिउँ ’ गौतमको प्रस्ताव थियो । तर, जवाफमा ओलीले आफूले सचिवालयबाट निकास निकाल्न खोजेको बताएका थिए ।

ती सदस्यका अनुसार ओलीले अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पद नछाड्ने जनाए । उनले भनेका थिए , ‘महाधिवेशनसम्म अध्यक्ष छोड्दिन, चुनाव नभएसम्म प्रधानमन्त्री छोड्दिनँ ।’

शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकले भोलि (आइतबार) १ बजेको स्थायी कमिटी बैठकमा दुबै अध्यक्षको प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो।

तर, प्रधानमन्त्री ओलीले उक्त निर्णयमा असन्तुष्टि जनाउँदै आइतबारको बैठकमा उपस्थित नहुने संकेत गरेका छन्।

‘‘प्रधानमन्त्री ओलीले कार्यसूची तय गरेर मात्रै स्थायी कमिटी बैठक बोलाउनुपर्ने कुरा राख्नुभएको थियो। बिना एजेन्डा बैठक बोलाउन नहुने अडान उहाँको थियो,’’ एक सदस्यले भने, ‘‘तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले एकतर्फी रूपमा प्रधानमन्त्रीको सहमतिबिनै स्थायी कमिटी बैठक बोलाउने निर्णय गराए। त्यसमा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउनुभएको छ।’’

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार १ बजे स्थायी कमिटी बैठक धुम्बाराहीमा हुने निश्चित गर्दै पार्टीको संकट निवारण गर्नेबारेमा छलफल हुने बताएका थिए।

गत बुधबारको सचिवालय बैठकमा ओली अनुपस्थित भए पछि आज सचिवालय बैठक बसेको हो । शनिबारको बैठकमा पनि अन्तिम समयमा सहभागी भएका ओलीले पार्टीमा बल प्रयोग भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ७ : २३ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक