चीनको कोइलाखानीमा ग्यास चुहिँदा १८ श्रमिकको मृत्यु « Khabarhub

चीनको कोइलाखानीमा ग्यास चुहिँदा १८ श्रमिकको मृत्यु


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको दक्षिण पश्चिमी प्रान्तको एक कोइला खानीमा कार्बन मनोअक्साइड ग्यास चुहावट हुँदा कम्तीमा १८ श्रमिकको मृत्यु भएको छ ।

चिनियाँ समाचार संस्थाहरूका अनुसार चोङछिङ शहरको डायोसुइडोङस्थित कोइला खानीमा शुक्रबार भएको उक्त घटनामा खानीमा काम गरिरहेका कम्तीमा २४ जना फसेका थिए ।

खानीमा फसेका अझै पाँच व्यक्तिलाई बाहिर ल्याउनका लागि उद्धार कार्य जारी रहेको राज्य सञ्चालित चिनियाँ टेलिभिजन सीसीटीभीले जानकारी गराएको छ ।

शनिबारसम्म एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ भने १८ जनाको मृत शरीर खानीबाहिर ल्याइएको छ । करिब दुई महिनादेखि बन्द अवस्थामा रहेको उक्त खानी केही दिन पहिले मात्र सञ्चालनमा आएको थियो ।

चिनिया समाचार संस्था सिन्ह्वाका अनुसार उक्त खानीमा सन् २०१३ मा तीन व्यक्तिको मृत्यु भएपनि खानीलाई सुरक्षित मानिँदै आएको थियो । घटनाबारे अनुसन्धानका लागि सरकारले अनुसन्धान टोली गठन गरिसकेको छ ।

भूमिगत खानीभित्र पहिरो जाँदा र ग्यास चुहावटका कारण मृत्यु हुनुलाई खानीभित्र अपनाउनुपर्ने आवश्यक सुरक्षा सावधानी नअपनाउनु नै प्रमुख कारण मानिन्छ ।

चीनमा खानीभित्र यस प्रकारका दुःखद दुर्घटना हुनुलाई खानी सञ्चालन गर्ने उद्योग तथा कम्पनीको लापर्बाहीका रूपमा लिने गरिन्छ ।

चोङछिङको एक अर्को खानीमा सेप्टेम्बरमा आगलागी हुँदा कम्तीमा १६ व्यक्तिको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ०९ बजे

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

कञ्चनपुर– लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका

भेनेजुएलाको भूकम्प अपडेट : ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

एजेन्सी– भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु