इरानद्वारा परमाणु सम्झौता नमान्ने घोषणा « Khabarhub

इरानद्वारा परमाणु सम्झौता नमान्ने घोषणा


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकासँग तनाव बढेसँगै इरानले सन् २०१५ मा भएको परमाणु सम्झौताबाट आफू पूर्ण रुपमा बाहिरिएको घोषणा गरेको छ ।

एक वयानमा भनिएको छ अब परमाणु क्षमता, परमाणु क्षमताको तह र परमाणु सामग्रीको भण्डारणसहित परमाणुसँग सम्बन्धी अनुसन्धान तथा विकासमा कुनै पनि सीमा इरानले मान्ने छैन ।

राजधानी तेहरानमा बसेको मन्त्रिपरिषद बैठकपछि इरानले यस्तो घोषणा गरेको हो । अमेरिकी हवाई आक्रमणमा परि आफ्ना जनर कासिम सुलेमानीको मृत्यु भएपछि इरानको तफर्पबाट आएको यो अहिलेसम्मको सबैभन्दा ठूलो प्रतिक्रिया आएको हो ।

२०१५ को सम्झौता अनुसार, इरान आफ्नो संवेदनशील परमाणु कार्यक्रमलाई सिमित गर्न र अन्तर्राष्ट्रिय निरीक्षकलाई आउन अनुमति दिएको थियो । यसको बदलामा इरानमाथि लागेको आर्थिक प्रतिबन्ध हटेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को मे मा अमेरिकाले सन् २०१५ मा भएको सम्झौता नमान्ने घोषणा गरेका थिए ।

आइतवार इराकको संसदले बगदादमा सुसलेमानी मारिएको विरोधमा इराकबाट विदेशी सुरक्षाबललाई निकाल्ने एक गैर बाध्यकारी प्रस्ताव पास गरेका थिए ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ७ : २८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार