भुटेको मकैले निको हुन्छ पिसाब पोल्ने समस्या (७ फाइदासहित) « Khabarhub

भुटेको मकैले निको हुन्छ पिसाब पोल्ने समस्या (७ फाइदासहित)


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

प्रायः मानिसहरूलाई भुटेको मकै मन पर्छ। खाजाका रूपमा खाइने भुटेको मकैले मानव स्वास्थ्यमा विशेष फाइदा पुर्याहउने गर्छ । यसमा फाइबरको मात्रा अधिक हुन्छ। जसका कारण पाचन प्रणालीमा सुधार गर्छ।

भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुँदैन। भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा पर्याप्त हुने भएकोले शरीरमा हड्डीलाई मजबुत बनाउँछ ।

यसमा आइरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र पर्याप्त हुन्छ। यसले शरीरमा रगत अभावको समस्याबाट जोगाई कमजोरी हुनबाट बचाउँछ। भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रवाहलाई तीव्र बनाई रक्तचाप नियन्त्रण गर्छ। यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ।

मुटु रोगको खतराबाट बचाउँछ। भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस्। यस पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कमजोरीको समस्या समाधान हुन्छ।

भुटेको वा पोलेको मकैमा कार्बोहाइड्रेटको मात्र पर्याप्त हुने भएकोले यसले शरीरलाई पर्याप्त ऊर्जा दिन्छ। भुटेको मकै खाँदा दाँतको व्यायाम गराउँछ। मकै खादा दाँत सफा गर्ने र बलियो बनाउँछ।

  • भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुने भएकाले पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको समस्या हुँदैन्।
  • भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरका हड्डीलाई बलियो बनाउछ।
  • भुटेको मकैमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ। जसले शरिरमा रगत अभावको समस्याबाट हुन दिंदैन र कमजोरी हुनुबाट बचाउँछ।
  • भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनाई रक्तचाप नियन्त्रण गर्छ।
  • भुटेको मकैले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ जसले मुटु रोगको खतराबाट बचाउँछ।
  • भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस। यस पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नीको समस्या समाधान हुन्छ।
  • भुटेको वा पोलेको मकैमा कार्बोहाइड्रेडको मात्र पर्याप्त हुन्छ। जसले शरिरलाई पर्याप्त उर्जा दिन्छ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : ४६ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया