राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका र मानसिक उपचार सेवा शुरु | Khabarhub Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका र मानसिक उपचार सेवा शुरु


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवाको शुरुआत भएको छ । ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आएपछि सेवा शुरु गरिएको अस्पतालका शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिए ।

बरिष्ठ बालरोग विशेषज्ञ डा नेत्रप्रसाद वञ्जाडेले यहाँ सेवा दिन थालेका छन् । प्रतिष्ठानले कन्सल्टेन्ट फिजिसियन र बालरोग विशेषज्ञ थप्ने तयारी गरेको छ ।

अधिकृत लामिछानेका अनुसार अहिले ५ जना विशेषज्ञ चिकित्सक थप गरिएको छ । मानसिक रोग उपचार सेवासमेत प्रतिष्ठानले शुरु गरेको छ । सघन उपचार कक्ष र थप विशेषज्ञ सेवा थप्ने गरी प्रक्रिया अघि बढाएको रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए । विगतको तुलनामा यहाँ सेवा लिन आउने बिरामीको सङ्ख्या समेत बढेको छ ।

प्रतिष्ठानले पछिल्लो समय दन्त उपचार सेवाका लागि आधुनिक प्रयोगशालासमेत सञ्चालनमा ल्याएको थियो । अब जटिल प्रकारको शल्यक्रिया गर्न समेत जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

प्याथोलोजी सेवा, दिसापिसाब र रगत परीक्षण पनि प्रतिष्ठानमै परीक्षण हुने गरेका र प्रसूति सेवामा थप एक जना विशेषज्ञ थप भएका छन् । सरकारले विशेषज्ञ सेवा विस्तारका लागि प्रतिष्ठानमा २ करोड बजेट समेत विनियोजन गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ११ : १४ बजे

मिलन चक्रे छुटेलगत्तै राजु गोर्खाली समातिए

काठमाडौं- पछिल्लो समय एकपछि अर्का गुण्डा नाइके र गुण्डागर्दीमा संलग्नमाथि

जोय स्टोर र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं–  काठमाडौंको न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका

कविता : चिहानबाट उठेकी नेतान्याहुकी आमा

शिशुहरूको चित्कारले निद्रा खुलेपछिवयस्कहरूको क्रन्दनले मुटु हल्लिएपछिकेही त सम्झाऊ छोरालाई

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी पूरा, उद्घाटन सोमबार

काठमाडौं– ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

काठमाडौंमा आइपुग्यो उड्ने कार,  नाडा अटो शोमा प्रदर्शन हुने 

काठमाडौं– उड्ने कार काठमाडौंमा आइपुगेको छ । नाडा अटोमोबाइल्स एशोसिएसन