ठेकेदारसँग बैंक खातामार्फत घुस लिने भवन निर्माण विभागका इन्जिनियर पक्राउ « Khabarhub

ठेकेदारसँग बैंक खातामार्फत घुस लिने भवन निर्माण विभागका इन्जिनियर पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठेकेदार कम्पनीसँग बैंक खाता मार्फत घुस रकम माग गर्दै शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर पक्राउ परेका छन् ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत इलामस्थित डिभिजनल कार्यालयका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेत पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर बस्नेतलाई पक्राउ गरेको हो ।

इन्जिनियर बस्नेतले झापा जिल्लामा सडक ग्राभेलको काम गर्दा बिल बनाइ भुक्तानी गर्ने प्रयोजनका लागि ठेकेदार कम्पनीसँग घुस माग गरेका थिए ।

अख्तियारले गरेको प्रारम्भिक छानबिनका क्रममा उनले बैंक खातामार्फत ठेकेदार कम्पनीसँग घुस रकम माग्ने गरेका थिए ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले ठेकेदारसँग घुस लिएको विषयमा थप अनुसन्धानका लागि इन्जिनियर बस्नेतलाई नियन्त्रणमा लिइएको बताए ।

अख्तियारका प्रवक्ता कोइरालाका अनुसार इन्जिनियर बस्नेतले बैंक खातमार्फत घुस रकम माग्ने गरेका कारण उनले लिएको घुस रकमबारे यकीन हुन सकिएको छैन । विभिन्न बैंकमा भएका उनका खाताको विवरण शंकलन गरी उनले लिएको घुस रकमबारे अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ४ : ४३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००