पप्पु जेभी कम्पनी कालोसूचीमा, कुनैपनि खरिद कारवाहीमा भाग लिन नपाउने | Khabarhub Khabarhub

पप्पु जेभी कम्पनी कालोसूचीमा, कुनैपनि खरिद कारवाहीमा भाग लिन नपाउने


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले रमण–पप्पु जेभी कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभी कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो।

कार्यालयले सोमबार एक सूचना जारी गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी सडक निर्देशनालय टेकुबाट लेखी आए बमोजिम सो कम्पनीलाई कालोसूचीमा राखिएको व्यहोरा जनाइएको छ ।

सूचनामा लेखिएको छ- ‘मिति २०७६ पुस १८ गतेको निर्णय अनुसार सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम १३ बमोजिम २०७६ साउन २१ गतेदेखि लागू हुने गरी रमण–पप्पु जेभी जनकपुर–९, धनुषालाई सार्वजनिक खरिद ऐन,२०६३को दफा ६३ को उपदफा १ बमोजिम १ वर्ष अवधिको लागि कालोसूचीमा राखिएको छ ।’

सूचनामा कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारवाहीमा भाग लिन नपाउने समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ४ : ५५ बजे

बंगलादेश पाँच विकेटले पराजित हुँदा अफगानिस्तानले जित्यो सिरिज

काठमाडौं – अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित

पर्यटक र पूर्वाधारको पर्खाइमा म्याग्दीको ‘चाङ्गाधुरी’

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा

हुम्लाबाट बाहिर जान हवाई टिकटको समस्या 

हुम्ला- यहाँका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जान जहाजको टिकट पाउन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सहयोगी छान्न व्यस्त ट्रम्प : प्रशासनिक स्वरूपले लियो आकार

न्युयोर्क – अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि नै डोनाल्ड ट्रम्पको