मानव बेचबिखनको उच्च जोखिममा नेपाली किशोरी | Khabarhub Khabarhub

मानव बेचबिखनको उच्च जोखिममा नेपाली किशोरी


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव बेचबिखन र बालबिवाहका कारण किशोरीहरु उच्च जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोग एक अध्ययनले देखाएको छ ।

‘बाल अधिकार अवस्था २०७६’ विषयक प्रतिवेदनमा आयोगले नेपालमा किशोरीहरु उच्च मानव बेचबिखनको जोखिममा रहेका जनाएको हो । १८ वर्षमूनिका धेरै किशोरीहरु जोखिममा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

२६.३ प्रतिशत बालबालिका बालबिवाहको प्रत्यक्ष मानव बेचबिखनमो चपेटामा परेको आयोगको प्रतिवेदनमा भनिएको छ । २६ प्रतिशत बालिकाहरु बेचबिखनमा परेका प्रतिवेदनमा भनिएको छ ।

नेपाल, भारत र बंगलादेशमा सबैभन्दा बढी बालिका बेचबिखनको शिकार बन्ने गरेको आयोगकी सदस्य मोहना अन्सारीले बताएकी छिन् ।

बालविकास खोजतलास केन्द्रका तथ्यांक अनुसार आर्थिक वर्ष २०७५÷२०७६ मा २ हजार ४ सय ८१ जना बालबालिका हराएकोमा १ हजार २ सय २४ जना मात्रै फेला परेका छन्।
फेला नपरेका १ हजार २ सय ५७ मध्ये अधिकांश बालबालिका बेचबिखत तथा जबरजस्ती श्रमको शिकार भएका भएको हुन सक्ने आयोगले जनाएको छ।

गत आर्थिक वर्षमा ३ हजार ३ सय ३१ जनालाई भारतीय सीमा नाकाबाट फर्काइएकोमा ४६ प्रतिशत महिला र १४ प्रतिशत बालबालिकाहरुको संख्या रहेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगको अध्ययन प्रतिवेदनले जबरजस्ती करणीमा परेको पीडितहरुमध्ये जनजाती र दलित समुदायका धेरै रहेको देखाएको छ। पीडकहरु मध्ये ३० प्रतिशत जनजाति पीडक रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ०५ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र