नक्कली नागरिकता बनाएर मनी ट्रान्सफरबाट पैसा निकाल्ने २ जना पक्राउ « Khabarhub

नक्कली नागरिकता बनाएर मनी ट्रान्सफरबाट पैसा निकाल्ने २ जना पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– नक्कली नागरिकता बनाएर अरुको नाममा मनी ट्रान्सफरमार्फत पैसा निकाल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको कलैया बजारबाट किर्ते नागरिकता बनाएर मनी ट्रान्सफरबाट विभिन्न व्यक्तिको नाममा पैसा निकाल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–४ बस्ने २६ वर्षीय सुरेन्द्र साह र बाराको गढीमाई नगरपालिका गमरिया टोल बस्ने श्याम चौधरी रहेका छन् ।

उनीहरुले सिम्रौनगढ नगरपालिका कचोर्वा घर भई हाल मलेसिया रहेका कृष्ण साहसँग मिली किर्ते नागरिकता बनाई शिवम मनि ट्रान्सफरबाट ९५ हजार रुपैयाँ निकाल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

साथै उनीहरुले प्रसौनी गाउँपालिका–६ प्रस्टोका बस्ने एक व्यक्तिको नाममा न्यू एशियन मनि ट्रान्सफरबाट १ लाख रुपैयाँ र खजान टोल बस्ने एक व्यक्तिको नाममा आरके इण्टरप्राईजेजबाट ६० हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ३५ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक