सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन माघ ६ गतेदेखि « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन माघ ६ गतेदेखि


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ६ गतेदेखि शुरु हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशको प्रदेश मन्त्रिपरिषद् बैठकले आज माघ ६ गते दिउँसो २ बजे बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

साथै बैठकले छाउपडी प्रथा उन्मुलन नीति,२०७६ स्वीकृत गरेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ब्यप्त रहेको छाउपडी कुप्रथा अन्त्यका लागि सरकारले पारितको नीति महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

सोमबार सुदुरपश्चिम प्रदेशको अस्पताल व्यवस्थापन समिति गठन आदेश,२०७६ संशोधन गर्ने विषय पारित भएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रदेश सभामा पेस गर्न प्रस्तावमा स्वीकृति प्रदान भएको छ ।

त्यस्तै मुख्य न्यायधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाका सर्त सम्बन्धी ऐन,२०७५ को दफा ११ बमोजिम सुदूरपश्चिम प्रदेशका मुख्यन्यायीधिवक्ता माननीय प्रदेश प्रमुख समक्ष पेस भएको वार्षिक प्रतिवेदन मुख्यमन्त्रीको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्रीमार्फत प्रदेश सभामा पेस गर्ने विषय स्वीकृत भएको छ ।

साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०६७ को मस्यौदा पेस भएको छ । निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ को मस्यौदा स्वीकृत भएको छ ।

कोल्ड स्टोर च्याम्बर र राईपेनिङ्ग च्याम्बर स्थापना तथा सञ्चालन कार्यविधि,२०७६ स्वीकृत भएको छ । प्राकृतिक विपतबाट कृषि एवं पशुपन्छी व्यवसायको क्षेत्रमा पुर्याएको क्षतिमा राहत प्रदान सम्बन्धी मापदण्ड,२०७६स्वीकृत भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वयंसेवक परिचालन कार्यविधिको मस्यौदा २०७६ लाई पनि बैठकले स्वीकृत भएको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ६ : १९ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका