सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ | Khabarhub Khabarhub

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको छ ।

मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका–८ बहुवाडाँडा निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका–२ निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ ।

सिरहाको विष्णुपुर गाउँपालिका घर भएकी १९ वर्षीया ती युवती घरबाट गोलबजार आइपुग्दा अबेर भएको र मोबाइल स्वीचअफ भएकाले मोबाइल चार्ज गर्न गोलबजार–६ स्थित मनकामना हेयर कटिङ सैलुनमा पुगेकी थिइन् ।

उक्त सैलुनमा पहिलादेखि नै बसिरहेका यादव र महतोले ‘मेरो डेरामा चार्जर छ, त्यहीँ गएर मोबाइल चार्ज गरौँ’ भन्दै डेरामा लगेर जबरजस्ती करणी गरेको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

मोबाइल चार्ज गर्न दिएको एक घण्टाभन्दा बढी समय भइसक्दा पनि मोबाइल नदिएपछि मोबाइल लिन महतोको डेराभित्र पसेकी युवतीलाई ढोकाको चुक्कुल लगाएर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।

घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेका प्रहरीले युवतीको उद्धार गरी दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीले बताए ।  पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले अन्य स्थानीयको पनि संलग्नता हुनसक्ने आशङ्का गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : १८ बजे

वामदेवको दिक्दारी : युवराज सफलले समेत मलाई पार्टीबाट निकालिदिए

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वामदेव गौतमले कुनै

जङ्गली हात्तीको आक्रमणबाट एउटा घरमा क्षति

कञ्चनपुर–  कृष्णपुर नगरपालिका-१ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित

वीरगञ्ज– वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित

वीरगञ्ज– वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि

युरोपमा मानव पुर्खा लुसीको प्रदर्शन

प्राग- मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना