चितुवाको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई राहत « Khabarhub

चितुवाको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई राहत


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- चितुवाको आक्रमणबाट ज्यान गुमाउने तनहुँको भानु नगरपालिकाका दुई बालकका परिवारलाई डिभिजन वन कार्यालयले राहत उपलब्ध गराएको छ ।

चितुवाको आक्रमणबाट मृत्यु भएका वडा नं १ जामुनेगैह्राका तीन वर्षीय आशिष बानियाँ र वडा नं २ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई वन कार्यालयले जनही रु नौ लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराएको हो । कार्यालयले घटनालगत्तै किरिया खर्चबापत रु ५०/५० हजार पीडित परिवारलाई प्रदान गरेको थियो । आशिषको गत असोज २१ गते र ऋतिकको कात्तिक ११ गते चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

नगर प्रमुख उदयराज गौली, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले राहत रकम आज आशिषका बुबा विष्णुबहादुर बानियाँ र ऋतिकका आमा सिर्जना रोकालाई प्रदान गरे ।  सो अवसरमा नगर प्रमुख गौलीले मानिसको जीवन पैसासँग तुलना गर्न नमिल्ने भए पनि राहत रकमले पीडित परिवारलाई केही सहयोग पुग्ने बताए ।

डेढ वर्षको अवधिमा भानु नगरपालिकामा मात्रै छ बालबालिकाको मृत्यु भइसकेकाले अझै पनि सतर्कता अपनाउन आवश्यक रहेकोमा उनले जोड दिए । डिभिजन वन प्रमुख बरालले विपद्को अवस्थामा राज्य जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको जानकारी दिए ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परि मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने नीतिबमोजिम पीडित परिवारलाई रकम प्रदान गरिएको बरालले बताए ।

त्यस्तै आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएका आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका आठ वर्षीय पुजन सिंजाली मगर र यही पुस १४ गते चितुवाको आक्रमणबाट मृत्यु भएका शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका रविन नेपालीको परिवारलाई तत्कालै रु ५० हजार राहत उपलब्ध गराइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : ३० बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना