टोटेनहम एफ ए कपको पाँचौ चरणमा प्रवेश « Khabarhub

टोटेनहम एफ ए कपको पाँचौ चरणमा प्रवेश


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टोटेनहम एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा साउथह्याम्टनमाथि रोमाञ्चक जित निकाल्दै टोटेनहम अघिल्लो चरणमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटेनहमले साउथह्याम्टनलाई ३–२ ले पराजित गर्‍यो।

जितसंगै टोटेनहमले नर्विच सिटीसँगको उपाधि भिडन्त पक्का गरेको छ । ज्याक स्टेफनले १२ औ मिनेटमा गरेको आत्मघाति गोलबाट टोटेनहमले अग्रता बनाएको थियो ।

साने लङले ३४ औं मिनेटमा गोल गर्दै साउथह्याम्टनलाई खेलमा फर्काए । ड्यानी ईङ्सले ७२ औं मिनेटमा साउथह्याम्टनलाई खेलमा अग्रता दिलाएका थिए ।

त्यसपछि लगातार दुई गोल गर्दै टोटेनहमले रोमाञ्चक जित दर्ता गर्‍यो । लुकास मौराले ७८ औ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

८७ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै सन ह्युङ मिनले टोटेनहमका लागि विजयी गोल गरे । डेन अलीको पासलाई विफल बनाउने क्रममा साउथह्याम्टनका गोलकिपरले फल गर्न पुगेपछि टोटेनहमले पेनाल्टीको अवसर पाएको थियो ।

साउथह्याम्टनले अब प्रियिमर लिगको पुछारमा रहेको टिम नर्विच सिटीलाई पाँचौ चरणको खेलमा आतिथ्यता प्रदान गर्नेछ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ७ : २२ बजे

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य