राष्ट्रपति ट्रम्पको सम्बोधनको 'प्रति' सभामुखले च्यातिन् रोष्ट्रममै | Khabarhub Khabarhub

राष्ट्रपति ट्रम्पको सम्बोधनको ‘प्रति’ सभामुखले च्यातिन् रोष्ट्रममै


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी इतिहासमा संसदको सभामुखले कुनै राष्ट्रपतिले संसदमा गरेको वार्षिक सम्बोधन भाषण संसदकै रोष्ट्रममा च्यातिदियो भन्ने कल्पनासम्म गर्न सकिन्न ।

तर यस पटक अमेरिकी कङ्ग्रेसकी सभामुख न्यान्सी पेलोसीले सबैलाई आश्चर्य पार्दै राष्ट्रपति ट्रम्पको भाषणको प्रति रोष्ट्रममै च्यातिदिइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कङ्ग्रेसमा “स्टेट अफ दी यूनियन” नामको वार्षिक सम्बोधन भाषण समाप्त गरेलगत्तै सभामुख पेलोसीले ट्रम्पको भाषणको प्रतिलाई दुई टुक्रा पारेकी थिइन ।

यो घटना राष्ट्रपति ट्रम्पकै सामुन्ने भएको थियो । राष्ट्रपतिले भाषण समाप्त गरेर हिँड्न लाग्दा पेलोसीले उक्त कागज अरु तीन चार टुक्रा पार्नुभएको टेलिभिजन फुटेजमा देखिएको छ ।

उक्त घटनापछि संसद भवन क्यापिटलमा संवाददातासँग कुरा गर्दै सभामुख पेलोसीले भनिन्, “राष्ट्रपतिको भाषण झुठको पुलिन्दा हो ।”

सभामुखले राष्ट्रपतिको सम्बोधन भाषणको कपी च्यात्ने कुनै पूर्व योजना नरहेको पेलोसीका निकटवर्तीले नाम नभन्ने शर्तमा बताएका छन् ।

रिपब्लीकन पार्टीका सांसदहरुले भने सभामुखको रबैया निन्दनीय रहेको आरोप लगाएका छन् ।

“अबको राष्ट्रपति चुनावमा पनि सभामुख पेलोसीले स्वतन्त्र मतदातालाई त्यसैगरी तोड्दै हुनुहुन्छ,” राष्ट्रपति ट्रम्पका चुनावी प्रचारका प्रवक्ता टिम मर्टागले बताए ।

“पेलोसी र डेमोक्र्याटहरुले राष्ट्रपति ट्रम्पले अमेरिकी जनताका लागि गरेका राम्रा कामलाई पनि अस्वीकार गरेको यसैबाट पुष्टी हुन्छ ।”

लुजियानाका रिपब्लीकन मतगणक स्टिभ स्कालिजले ट्वीट गर्दै आक्रोश पोख्नुभयो, “राष्ट्रपतिको भाषणले अमेरिकी नागरिकलाई समान व्यवहार गरेको थियो । तर पेलोसीले त्यसलाई च्यातचुत पार्ने निर्णय गर्नुभयो ।”

केही महिना अघिमात्र अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले राष्ट्रपति ट्रम्पले कङ्ग्रेसलाई बेवास्ता गरेको र न्यायमा अवरोध गरेको भन्दै महाभियोग प्रस्ताव पारित गरेको थियो ।

राष्ट्रपति ट्रम्पले संसदमार्फत राष्ट्रका नाममा गरेको सम्बोधनमा अमेरिकाले आफ्नो शासनकालमा व्यापक प्रगति गरेको, आर्थिक सुधार भएको, विदेश नीति सफल रहेको, आतंकवाद विरुद्धका कैयौं अभियानमा सफलता हासिल भएको, अमेरिकी सेनाको क्षमता बढेको, स्वास्थ्य र शिक्षाका क्षेत्रमा प्रगति भएको, अनधिकृत आप्रवासन घटेको लगायतका दाबी गरेका थिए ।

करिब ७८ मिनेटको सम्बोधन भाषणमा राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी हुने विश्वासका साथ अमेरिकालाई थप प्रगतितर्फ अगाडि लैजाने दृढता व्यक्त गरेका थिए ।

राष्ट्रपतिको सम्भाषणका क्रममा अमेरिकी विशिष्ट व्यक्तिका साथै भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदो पनि दर्शक दिर्घामा सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति ट्रम्पले गुएइदोलाई अमेरिकाले राष्ट्रपतिका रुपमा स्वीकार गरेको भन्दै “राष्ट्रपति” भन्दै सम्बोधन गरेका थिए ।

राष्ट्रपति ट्रम्पले विश्वभर नै समाजवादी आन्दोलनले गरिबी बढाएको र अर्थव्यवस्थालाई कमजोर बनाएको बताउँदै त्यस्तो व्यवस्था रुचाउनेहरु अमेरिकामा पनि पराजित हुने विश्वास व्यक्त गरे । राष्ट्रपति ट्रम्पको सम्बोधनका क्रममा केही डेमोक्र्याट सांसद संसद भवनमा उपस्थित भएका थिएनन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ७ : ३९ बजे

आइजीन नम्बरको व्यवस्था भएको निर्देशिका धितोपत्र बोर्डमै अध्ययन हुँदै 

काठमाडौं– सिडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) बाट सर्वसम्मत पारित भई नेपाल

घारमा सुलसुलेको सङ्क्रमणले मौरी मर्न थाले

चितवन– पूर्वी चितवनमा व्यावसायिक मौरीपालन गरेको ठाउँमा माइट (सुलसुले)को सङ्क्रमण देखिएपछि

गाजा सिटी पूरै कब्जा गर्ने इजरायलको तयारी, हमासका लागि राख्यो ५ सर्त

तेलअभिभ– इजरायलको सुरक्षा क्याबिनेटले गाजा पट्टीको उत्तरी भागस्थित गाजा सिटीमाथि

राष्ट्रियसभा : राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग

काठमाडौं– राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न

प्रशिक्षणलाई गुणस्तरीय बनाउन मन्त्री न्यौपानेको निर्देशन

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको