अमेरिकी राष्ट्रपति ट्रम्पले महाअभियोगबाट सफाइ पाए « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पले महाअभियोगबाट सफाइ पाए


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन् ।

अमेरिकी संसदको तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग तथा संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा औपचारिक रुपमा महाअभियोग लगाएको थियो।

विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले गएको डिसेम्बरमा महाअभियोग लगाए पनि ट्रम्पलाई उनको पार्टी रिपब्लिकनको नियन्त्रण रहेको माथिल्लो सदन सिनेटले सफाइ दिएको बीबीसीले उल्लेख गरेको छ ।

माथिल्लो सदन सिनेटमा भएको बहसपछि बुधबार भएको मतदानमा ट्रम्क्पले महाअभियोगबाट सफाइ पाएका हुन् । शक्तिको दुरुपयोग अभियोगमा ५२–४८ मतले ट्रम्पले सफाइ पाए । यस्तै संसदको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा ५३–४७ मतले ट्रम्पले सफाइ पाएका हुन् ।

सिनेटमा बुधबार भएको ऐतिहासिक मतदानमा सिनेटले अमेरिकाका ४५ औँ राष्ट्रपतिलाई बर्खास्त नगर्ने पक्षमा मत दिएको हो । दुई अभियोग मध्ये एकमा पनि सिनेट मार्फत ट्रम्प दोषी ठहर भएको भए उनी बर्खास्त हुने थियो र सत्ता उपराष्ट्रपति माइक पेन्सको हातमा जाने थियो ।

तल्लो सदनले गएको डिसेम्बर १८ मा ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मत दिएको थियो । तर माथिल्लो सदन सिनेटमा रिपब्लिकनको नियन्त्रण भएकाले महाअभियोगमार्फत ट्रम्पलाई ह्वाइट हाउसबाट हटाउने डेमोक्र्याटको प्रयास विफल भयो । १ सय सिटको सिनेटमा ५३ रिपब्लिकन सिनेटर छन् । महाभियोग पारित हुनका लागि दुई तिहाई बहुमत चाहिन्थ्यो ।

सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप थियो । युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि थियो ।

राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ। ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्वअमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन शुरु गर्न आग्रह गरेका थिए ।

त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप थियो । तर ट्रम्पले लगातार आफूले कुनै गलत काम नगरेको बताउँदै आएका थिए ।

ट्रम्प आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा दोस्रो कार्यकालका लागि चुनावी मैदानमा जाँदैछन् । उनी महाअभियोगको सामना गरेर पुनः चुनावमा जाने पहिलो अमेरिकी राष्ट्रपति हुन् । अमेरिकाको इतिहासमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ७ : ५६ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३