ए डिभिजन लिग : शीर्ष दुई टोली रेलिगेसन जोनका टीमसँग खेल्दै « Khabarhub

ए डिभिजन लिग : शीर्ष दुई टोली रेलिगेसन जोनका टीमसँग खेल्दै


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज (बिहीबार) देखि एघारौं चरणका खेल शुरु हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा जारी लिगमा आज शीर्ष स्थानका दुई क्लब त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबले रेलिगेसन क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सरस्वती युवा क्लबसँग प्रतिस्पर्धा गर्दैछन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा हुने पहिलो खेलमा शीर्ष स्थानका लागि प्रतिस्पर्धा गरिरहेको मछिन्द्र रेलिगेसनका लागि तयार सरस्वतीसँग प्रतिस्पर्धा गर्दैछ ।

लिगमा कमजोर प्रदर्शन गरिरहेको सरस्वती पुछारमा छ । कमजोर सरस्वतीमाथि शानदार जित निकाल्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ । मछिन्द्रले १० खेलबाट २२ अंक जोडेको छ भने मछिन्द्र शीर्ष स्थानको आर्मीभन्दा एक अंकले मात्रै पछाडि छ ।

दिउँसो ३ बजे हुने आजको दोस्रो खेलमा विभागीय डर्बीमा आर्मी र एपीएफ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
लिगको उपाधिका लागि प्रतिस्पर्धा गरिरहेको आर्मी एपीएफलाई पराजित गर्दै उपाधि नजिक पुग्न चहान्छ । यो सिजनमा शुरुवाती चरणदेखि शीर्ष स्थानमा रहँदै आएको आर्मीका लागि उपाधि उचाल्न बाकीँ तीन वटै खेल जित्नु पर्नेछ ।

१० खेलबाट २३ अंक जोडेको आर्मी ५ अंकसहित पुछारबाट लिगको दोस्रो स्थानमा रहेको एपीएफलाई पराजित गर्दै शीर्ष स्थानमा यथावर रहने लक्ष्यमा रहेको छ ।

यदि आजको खेलमा आर्मी पराजित भए केही हदसम्म उसलाई लिगमा धक्का लाग्नेछ । एक अंकले पछि रहेको मछिन्द्रले सरस्वतीलाई पराजित गरे मछिन्द्र केही घण्टाका लागि भएपनि आर्मीलाई २ अंक पछि पार्नेछ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ८ : १६ बजे

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर