चीनलाई सहानुभूति व्यक्त गर्न कम्बोडियाका प्रधानमन्त्री बेइजिङमा | Khabarhub Khabarhub

चीनलाई सहानुभूति व्यक्त गर्न कम्बोडियाका प्रधानमन्त्री बेइजिङमा


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- चिनियाँ प्रधानमन्त्री लि क्वाङसँग कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता भएको छ ।

चीनको भ्रमणमा रहेका हुन सेनले क्वाङलाई बेइजिङस्थीत ग्रेट हल अफ द पिपल्समा बुधबार भेटवार्ता गरेका हुन् ।

चीनमा फैलिएको कोरोना भाइरसबाट सयौँ चिनियाँको मृत्यु भएको, हजारौँ सङ्क्रमित भएको र अरू धेरै त्रसित भइरहेको बेलामा आत्मीयता देखाउनका लागि हुन सेन चीन पुगेको जनाइएको छ ।

चिनियाँ नागरिकको दुःखमा साथ दिन र सहानुभूति व्यक्त गर्नका लागि उनले चीनको भ्रमण गरेको अधिकारीहरूले बताएका छन् । उनले भेटका क्रममा चिनियाँ उच्च अधिकारीहरूलाई कम्बोडियाली जनताको तर्फबाट सहानुभूति व्यक्त गरेका थिए ।

भेटवार्ताका क्रममा उनीहरूका बीचमा आपसी सहयोग, दुईपक्षीय हित, साझा चासोलगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।

कम्बोडियाली प्रधानमन्त्री हुन सेनले दुःखको यस घडीमा चीन सरकार र जनताले सङ्क्रमण नियन्त्रणका लागि धेरै राम्रो काम गरिरहेको बताएका थिए ।

चिनियाँ प्रधानमन्त्री लिले चिनियाँ नागरिकको स्वास्थ्य नै सरकारको प्रमुख प्राथमिकतामा रहेकाले त्यहीअनुसार काम भइरहेको जानकारी दिएका थिए ।

यसअघि थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुदिवानीले पनि बुधबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यीलाई फोन गरी सङ्क्रमणबाट चाडै मुक्ति पाउने विश्वास व्यक्त गरेका थिए ।

थाई विदेशमन्त्री डोनले सङ्कटको घडीमा थाइल्याण्ड सधैँ चिनियाँ नागरिक र चीन सरकारको पक्षमा रहेको आश्वासन पनि दिएका थिए ।

उनले चीनलाई अप्ठेरो परिस्थितिमा आवश्यक पर्ने सबै खालको सहयोग उपलब्ध गराउन थाई सरकार तत्पर रहेको पनि बताएका थिए ।

चीनबाट शुरू भई विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरी महामारीको रूप नलिएको तर यसको खतरा भने बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मङ्गलबार बताएको छ ।

कोरोना भाइरसका कारण चीनमा मङ्गलबारसम्म ४७९ जनाको मृत्यु भइसेकेको छ । यसैगरी १६ हजार ६७८ व्यक्तिमा सङ्क्रमण भएको कारण उपचार गराइरहेका छन् । तीमध्ये दुई हजार ५२० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सो प्रान्तमा यस भाइरस सङ्क्रमणको कारण उपचार गराइरेहका ५२० जना उपचारपछि घर फर्किएका मङ्गलबार जनाइएको छ ।

चीनको मध्यक्षेत्रमा पर्ने हुबेइको उहानबाट पहिलो पटक डिसेम्बरमा देखापरेको उक्त भाइरस विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भए पनि त्यहाँ सङ्क्रमण महामारीका रूपमा नरहेको चिनियाँ विदेशमन्त्रीले बताएका थिए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ९ : ०१ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार