प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट « Khabarhub

प्रचण्डसँग बेलायती राजदूतको शिष्टाचार भेट


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको थियो ।

भेटमा अध्यक्षले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएका थिए ।

अध्यक्ष प्रचण्डले भने, ‘नेपाल र बेलायतबीच सयौं वर्षदेखिको मित्रता रहेको छ । तपाईको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु ।’ भेटका अवसरमा अध्यक्षले नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै नेपालकोआर्थिक समृद्धिमा बेलायतको सहयोग आवश्यक रहेको बताए ।

भेटमा बेलायती राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण रूटमा ट्रेकिङ गरेको स्मरण गराइन् । उनले नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने विश्वास दिलाइन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १० : २७ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ