बालुवाटार जग्गा प्रकरणमा सरकारले कसैलाई भेदभाव गरिएको छैन : मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

बालुवाटार जग्गा प्रकरणमा सरकारले कसैलाई भेदभाव गरिएको छैन : मन्त्री बाँस्कोटा


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरण लाल र श्वेत फित्ताको कुरा नभई कानूनी कुरा भएको बताएका छन् ।

बिहीवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले कसैलाई भेदभाव नगरेको बताए ।

उनले भने, ‘यहाँ लाल फित्ताधारी र श्वेत फित्ताधारीको व्यवहार भएको छैन। यो कानुन प्रयोजनको कुरा हो।’

उनले बालुवाटार जग्गा प्रकरणमा अब सरकारको काम सकिएको मन्त्री बाँस्कोटाले बताए ।

“बालुवाटार प्रकरणमा एक प्रकारले भन्ने हो भने सरकारको काम सकिएको छ । अब अदालतमा गएको छ, अदालतले जे फैसला गर्छ सरकारले त्यही कार्यान्वयन गर्ने हो,” उनले भने, “पूर्वाग्रहको कुरा छैन । आरोपित हुँदैमा बेहोर्नुपर्दैन, भोलि प्रमाणित नभएमा सरकराले फेरि समातेर जेल हाल्दैन । दोषी देखिए सरकारको के लाग्छ त बाबा !”

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ४ : २९ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस