महिला टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने | Khabarhub Khabarhub

महिला टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने भएका छन् । फाइनल खेल मेलबर्न क्रिकेट मैदानमा शनिबार हुनेछ ।

बर्षाले प्रभावित दोस्रो सेमिफाईनलमा अष्ट्रेलियाले डीएलएस पद्धतीका आधारमा दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्दै विश्वकपको फाइनलमा स्थान बनाएको हो । चार पटकको च्याम्पियन अष्ट्रेलियाले भारतलाई हराउँदै पाँचौं पटक उपाधि चुम्ने लक्ष्यमा रहेको छ ।

दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले टस जितेर अष्ट्रेलियालाई पहिला ब्याटिङको निम्तो दिएको थियो । जसमा पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

वर्षाका कारण छोट्याईएको खेलमा दक्षिण अफ्रिकालाई १३ ओभरमा ९८ रनको लक्ष्य निर्धारण गरिएको थियो । जसमा दक्षिण अफ्रिकाले १३ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो ।

भारत यसअघि नै फाइनल पुगेको थियो । भारत र ईङ्ल्याण्डबीच पहिलो सेमिफाइनलको खेल तय थियो । तर बर्षाले खेल प्रभावित बन्यो । आईसीसीले सेमिफाईनल र फाईनलका लागि कुनै रिजर्व डे राखेको थिएन । भारत पहिलो पटक महिला विश्वकपको फाइनल प्रवेश गरेको हो ।

समूह चरणमा भारतले सबै खेलमा जित निकाल्दै अंक तालिकामा शीष स्थानमा रहँदै नकआउट चरण प्रवेश गरेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ७ : १९ बजे

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

मकवानपुर– जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा