महिला टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने « Khabarhub

महिला टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने भएका छन् । फाइनल खेल मेलबर्न क्रिकेट मैदानमा शनिबार हुनेछ ।

बर्षाले प्रभावित दोस्रो सेमिफाईनलमा अष्ट्रेलियाले डीएलएस पद्धतीका आधारमा दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्दै विश्वकपको फाइनलमा स्थान बनाएको हो । चार पटकको च्याम्पियन अष्ट्रेलियाले भारतलाई हराउँदै पाँचौं पटक उपाधि चुम्ने लक्ष्यमा रहेको छ ।

दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले टस जितेर अष्ट्रेलियालाई पहिला ब्याटिङको निम्तो दिएको थियो । जसमा पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

वर्षाका कारण छोट्याईएको खेलमा दक्षिण अफ्रिकालाई १३ ओभरमा ९८ रनको लक्ष्य निर्धारण गरिएको थियो । जसमा दक्षिण अफ्रिकाले १३ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो ।

भारत यसअघि नै फाइनल पुगेको थियो । भारत र ईङ्ल्याण्डबीच पहिलो सेमिफाइनलको खेल तय थियो । तर बर्षाले खेल प्रभावित बन्यो । आईसीसीले सेमिफाईनल र फाईनलका लागि कुनै रिजर्व डे राखेको थिएन । भारत पहिलो पटक महिला विश्वकपको फाइनल प्रवेश गरेको हो ।

समूह चरणमा भारतले सबै खेलमा जित निकाल्दै अंक तालिकामा शीष स्थानमा रहँदै नकआउट चरण प्रवेश गरेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ७ : १९ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले