६ महिनाअघि विवाह गरेकी युवतीले त्रिशुलीमा हामफालिन्, पति पक्राउ « Khabarhub

६ महिनाअघि विवाह गरेकी युवतीले त्रिशुलीमा हामफालिन्, पति पक्राउ


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको विदुर नगरपालिकामा नवविवाहित युवती मृत भेटिएकी छिन् ।

उनले त्रिशुली नदीमा हामफाल्न खोज्दा ज्यान गुमाएको प्रहरी अनुमान छ । युवतीको मृत्यु भएपछि प्रहरीले सोही स्थानमा अचेत अवस्थामा फेला परेका उनका पतिलाई पक्राउ गरेको छ ।

२१ वर्षीय सञ्जु खातीले बुधवार राति त्रिशुलीमा हाम फालेकी थिइन् ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुंगेबजारस्थित खोलासँगै जोडिएको एक चार तले घरको बरन्डाबाट त्रिशुलीमा हाम फालेकी सञ्जुको नदीसँगको बगरमा बजारिएर मृत्यु भएको प्रहरीले अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेका अनुसार चारतला माथिबाट हाम फाल्दा बगरमा ठोकिएर मृत्यु भएको देखिएको र घटना बारे थप अनुसन्धान भइरहेको छ ।

‘प्रारम्भिक अवस्थालाई हेर्दा उनले त्रिशुलीमा हाम फालेको जस्तो देखिएको छ, थप अनुसन्धान जारी छ’ उनले भने ।

बगरमा मृत अवस्थामा फेला परेकी उनलाई जिल्ला अस्पताल त्रिशुली पु¥याइएको थियो तर चिकित्सकहरुले उनलाई मृत घोषित गरे ।

उनका पति २२ वर्षका मौसम खाती पनि बेहोस अवस्थामा फेला परेका थिए । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

करिब ६ महिना अघि मात्र सञ्जु र मौसमबीच विवाह भएको थियो । तर दुई जनाबीचको सम्बन्ध भने त्यति राम्रो नचलेको स्थानीयले बताएका छन् ।

उनीहरुबीच विवाद भइरने गरेको र बुधवारपनि दुई जनाबीच विवाद भएपछि घटना घटेको हुनसक्ने स्थानीयको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ ।

नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाका अनुसार बुधवार राति १० बजेतिर स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।

‘घटनाबारे राति १० बजेतिर खबर भएको थियो’ थापाले भने,‘प्रहरी घटनास्थल पुग्दा महिला घरमुनी त्रिशुलीको बगरमा मृत अवस्थामा भेटिएकी थिइन् । पुरुष भने अचेत अवस्थामा थिए ।’

त्यसलगत्तै उनीहरुलाई अस्पताल लगिएको भएपनि महिलालाई चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनाबारे थप जानकारी र अध्ययनका लागि महिलाको शव पोस्टमार्टमका लागि पठाइएको उनले जानकारी दिए ।

घटनापछि बेहोस भएका पति मौसम खातीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

पत्नीले हामफालेपछि उनी अचेत भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी भनाइ छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ३५ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय