मास्क महँगोमा बेचेको पाइए ११३७ मा फोन गर्न सरकारको आग्रह « Khabarhub

मास्क महँगोमा बेचेको पाइए ११३७ मा फोन गर्न सरकारको आग्रह


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण विश्वभर बढ्दै जाँदा र विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिममा राखेपछि नेपालमा मास्कको माग उच्च भएको छ ।

मास्कको माग उच्च भएपछि नेपालमा मास्कको कालोबजारी भइरहेको छ । पहिला पाइने भन्दा दोब्बर मूल्यमा मास्क बेचिएको फेला परेपछि सरकारले केही मास्क बितरकलाई कारवाहीसमेत गरेको छ भने केही पसलहरुमा सिलसमेत गरेको छ ।

१० रुपैयाँ पर्ने मास्कलाई तीस रुपैयाँ भन्दा धेरै लिएर पसलेहरुले बेचिरहेको गुनासो बढेसँगै सरकारले अनुगमन बढाएको छ ।

मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । मास्क नपाइए वा बढी मूल्य तिर्नु परेको खण्डमा पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरे ।

उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : ४१ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार