नेपालमा औषधि अभाव हुँदैन, ३ महिनाका लागि मौज्दात छ : व्यवसायी « Khabarhub

नेपालमा औषधि अभाव हुँदैन, ३ महिनाका लागि मौज्दात छ : व्यवसायी


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली औषधी उत्पादक (व्यवसायी)हरुले नेपालमा ३ महिनासम्मका लागि आवश्यक पर्ने सबै प्रकारका औषधिहरु आफूहरुसँग मौज्दात रहेको बताएका छन् ।

विश्वव्यापी महामारीको रुप लिँदै गरेको कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासका बीच भारतले २६ प्रकारका औषधि र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि नेपालका औषधिको अभाव चुलिने चर्चा चलेको छ ।

औषधि उत्पादक व्यवसायीहरुले भने अहिले ३ महिनाका लागि पुग्ने औषधि, कच्चा पदार्थ तथा प्याकिङ सामग्री मौज्दात रहेको बताएका छन् ।

नेपाल औषधि उत्पादक संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै भारत र चीन बाहेकका देशबाट कच्चा पदार्थ आपूर्ति गरेर पनि देशमा औषधि अभाव हुन नदिने बताएको छ ।

संघका अनुसार भारतले औषधि तथा कच्चा पदार्थको निर्यातमा रोक लगाए पनि चीन लगायतका देशबाट नियमित रुपमा कच्चा पदार्थ आपूति भइरहेको छ ।

‘भारत र चीन हामीलाई व्यापारिक दृष्टिकोणले सरल भाएकाले हामीले धेरैजसो कच्चा पदार्थ त्यहाँबाट खरिद गर्ने गरेका छौं । विश्वका अन्य मुलुकमा पनि कच्चा पदार्थ बन्ने र हामी जुनसुकै मुलुकबाट कच्चा पदार्थ खरिद गरी औषधिको अभाव हुने दिने छैनौं,’ संघले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तीमा भनेको छ ।’

औषधि उत्पादकहरुले नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने प्रयत्न गरिरहे पनि सरकारले नीतिगत व्यवस्था गर्न नसकेको पनि संघले गुनासो गरेको छ ।

सरकारले औषधि आपूर्तिका लागि अन्य देशसँग हार–गुहार गर्नुभन्दा आफ्नै देशका उद्योगीसँग सहकार्य गर्न संघले आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  २ : ०८ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको