नेपालमा औषधि अभाव हुँदैन, ३ महिनाका लागि मौज्दात छ : व्यवसायी « Khabarhub

नेपालमा औषधि अभाव हुँदैन, ३ महिनाका लागि मौज्दात छ : व्यवसायी


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली औषधी उत्पादक (व्यवसायी)हरुले नेपालमा ३ महिनासम्मका लागि आवश्यक पर्ने सबै प्रकारका औषधिहरु आफूहरुसँग मौज्दात रहेको बताएका छन् ।

विश्वव्यापी महामारीको रुप लिँदै गरेको कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासका बीच भारतले २६ प्रकारका औषधि र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि नेपालका औषधिको अभाव चुलिने चर्चा चलेको छ ।

औषधि उत्पादक व्यवसायीहरुले भने अहिले ३ महिनाका लागि पुग्ने औषधि, कच्चा पदार्थ तथा प्याकिङ सामग्री मौज्दात रहेको बताएका छन् ।

नेपाल औषधि उत्पादक संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै भारत र चीन बाहेकका देशबाट कच्चा पदार्थ आपूर्ति गरेर पनि देशमा औषधि अभाव हुन नदिने बताएको छ ।

संघका अनुसार भारतले औषधि तथा कच्चा पदार्थको निर्यातमा रोक लगाए पनि चीन लगायतका देशबाट नियमित रुपमा कच्चा पदार्थ आपूति भइरहेको छ ।

‘भारत र चीन हामीलाई व्यापारिक दृष्टिकोणले सरल भाएकाले हामीले धेरैजसो कच्चा पदार्थ त्यहाँबाट खरिद गर्ने गरेका छौं । विश्वका अन्य मुलुकमा पनि कच्चा पदार्थ बन्ने र हामी जुनसुकै मुलुकबाट कच्चा पदार्थ खरिद गरी औषधिको अभाव हुने दिने छैनौं,’ संघले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तीमा भनेको छ ।’

औषधि उत्पादकहरुले नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने प्रयत्न गरिरहे पनि सरकारले नीतिगत व्यवस्था गर्न नसकेको पनि संघले गुनासो गरेको छ ।

सरकारले औषधि आपूर्तिका लागि अन्य देशसँग हार–गुहार गर्नुभन्दा आफ्नै देशका उद्योगीसँग सहकार्य गर्न संघले आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  २ : ०८ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम