कोरोनाका कारण ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन अनिश्चित « Khabarhub

कोरोनाका कारण ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन अनिश्चित


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यही फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को रिलिज मिति सारिएको छ । कोरोना भाइरसको जोखिमका कारण फिल्मको रिलिज मिति स्थगित गरिएको हो ।

विश्वभर कोरोना भाइरसको भय र प्रभाव परिरहेका बेला सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ पनि निर्धारित मितिमा रिलिज नहुने भएको हो ।

निर्देशक सुदर्शन थापाले आफ्नो ब्यानर सुदर्शन थापा प्रोडक्सनका तर्फबाट एक विज्ञप्ति जारी गर्दै अर्को सूचना सार्वजनिक नगरी फिल्मको प्रदर्शन नगर्ने जनाए ।

‘आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्मलाई चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

साथै निर्माण टिमले फिल्म निर्धारित मितिमा रिलिज गर्न नसकेकोप्रति क्षमा पनि मागेको छ ।

सुदर्शन थापाले निर्देशन गरेको यो फिल्ममा पल शाह र पूजा शर्माको शीर्ष भूमिका रहेको छ । सांगीतिक प्रेमकथामा आधारित यो फिल्ममा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र, सोनिका रोकाया लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु २’ रिलिजअघि चर्चामा छ ।

पछिल्लो समय विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण संसारभरका फिल्म उद्योग प्रभावित भएका छन् ।

नेपालमा कोरोनाका कारण फिल्म स्थगन गरिएको यो पहिलो हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ४ : ०४ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट