भारतले औषधि निर्यातमा लगाएको प्रतिबन्ध ‘नेपालका लागि हट्ने’ « Khabarhub

भारतले औषधि निर्यातमा लगाएको प्रतिबन्ध ‘नेपालका लागि हट्ने’


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले सिटामोल सहितका २६ प्रकारका अत्यावश्यक औषधिको निर्यातमा लगाएको प्रतिबन्ध ‘नेपालको हकमा लागू नगर्ने’ भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भारतबाट आयात हुने अत्यावश्यक औषधिमा भारत सरकारले प्रतिबन्ध नलगाउने बताएका हुन् ।

मन्त्री भट्टले औषधिको विषयमा भारतीय वाणिज्य मन्त्रालयसँग समेत छलफल भइसकेका बताए ।

‘भारतले २६ वटा औषधिमा प्रतिवन्ध लगायो भनेपछि हामीले हाम्रो तर्फबाट कूटनीतिक माध्ययमबाट परराष्ट्र मन्त्रालय र हाम्रो वाणिज्य सचिव ज्युले भारतीय वाणिज्य सचिवसँग पनि छलफल गर्नुभएको थियो,’ मन्त्री भट्टले भने, ‘उहाँहरुले हामीले तपाईंहरुलाई आवश्यक पर्ने औषधिहरुमा कुनै रोकतोक गर्दैनौं भनेर भन्नुभएको छ ।’

औषधिको समस्या समाधानका लागि मन्त्रालयले कूटनीतिक पहल गरेको भन्दै नेपालमा औषधिको अभाव नहुने मन्त्री भट्टको भनाइ छ ।

कोरोना भाइरसले विश्वव्यापी रुपमा नै महामारीको रुप लिइरहेका बेला गत मंगलबार भारत सरकारले संक्रामक रोगको उपचारमा प्रयोग हुने २६ प्रकारका औषधिहरुको निर्यातमा रोग लगाउने निर्णय गरेको थियो ।

भारतले आफ्नै देशमा कोरोनाको संक्रमणका बिरामी देखिन थालेपछि संक्रामक रोगको औषधि तथा कच्चा पदार्थको निर्यात रोकेको थियो ।

नेपाली औषधि आयातकर्ता संघका अनुसार भारतबाट ३ दिनदेखी औषधिको आयात ठप्प भएको छ । यस्तै, नेपाली औषधि उत्पादक तथा आयात कर्ताहरुले पनि नेपालमा ३ महिनासम्मलाई पुग्ने औषधिको मौज्दात रहेको बताएका छन् ।

यी हुन् भारतले निर्यात बन्द गरेका औषधि, 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : २३ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम