भारतले औषधि निर्यातमा लगाएको प्रतिबन्ध ‘नेपालका लागि हट्ने’ « Khabarhub

भारतले औषधि निर्यातमा लगाएको प्रतिबन्ध ‘नेपालका लागि हट्ने’


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले सिटामोल सहितका २६ प्रकारका अत्यावश्यक औषधिको निर्यातमा लगाएको प्रतिबन्ध ‘नेपालको हकमा लागू नगर्ने’ भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भारतबाट आयात हुने अत्यावश्यक औषधिमा भारत सरकारले प्रतिबन्ध नलगाउने बताएका हुन् ।

मन्त्री भट्टले औषधिको विषयमा भारतीय वाणिज्य मन्त्रालयसँग समेत छलफल भइसकेका बताए ।

‘भारतले २६ वटा औषधिमा प्रतिवन्ध लगायो भनेपछि हामीले हाम्रो तर्फबाट कूटनीतिक माध्ययमबाट परराष्ट्र मन्त्रालय र हाम्रो वाणिज्य सचिव ज्युले भारतीय वाणिज्य सचिवसँग पनि छलफल गर्नुभएको थियो,’ मन्त्री भट्टले भने, ‘उहाँहरुले हामीले तपाईंहरुलाई आवश्यक पर्ने औषधिहरुमा कुनै रोकतोक गर्दैनौं भनेर भन्नुभएको छ ।’

औषधिको समस्या समाधानका लागि मन्त्रालयले कूटनीतिक पहल गरेको भन्दै नेपालमा औषधिको अभाव नहुने मन्त्री भट्टको भनाइ छ ।

कोरोना भाइरसले विश्वव्यापी रुपमा नै महामारीको रुप लिइरहेका बेला गत मंगलबार भारत सरकारले संक्रामक रोगको उपचारमा प्रयोग हुने २६ प्रकारका औषधिहरुको निर्यातमा रोग लगाउने निर्णय गरेको थियो ।

भारतले आफ्नै देशमा कोरोनाको संक्रमणका बिरामी देखिन थालेपछि संक्रामक रोगको औषधि तथा कच्चा पदार्थको निर्यात रोकेको थियो ।

नेपाली औषधि आयातकर्ता संघका अनुसार भारतबाट ३ दिनदेखी औषधिको आयात ठप्प भएको छ । यस्तै, नेपाली औषधि उत्पादक तथा आयात कर्ताहरुले पनि नेपालमा ३ महिनासम्मलाई पुग्ने औषधिको मौज्दात रहेको बताएका छन् ।

यी हुन् भारतले निर्यात बन्द गरेका औषधि, 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : २३ बजे

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी