बैंकको ब्याजदर घट्यो, कुन बैंकको कति ? « Khabarhub

बैंकको ब्याजदर घट्यो, कुन बैंकको कति ?


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंक तथा वित्तीय क्षेत्रमा ब्याजदर घटेको छ । कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै हुन थालेपछि ब्याजदर घटेको हो

नेपाल राष्ट बैंकले कर्जा प्रवाह सिमित बनाएपछि निक्षेप बढेको हो । तरलता सहज भएपछि विस्तारै ब्याजदर घट्ने क्रम पनि सुरु भएको छ ।

कुन बैंकको ब्याजदर कति ?

नबिल बैंक

नबिल बैंकले फागुन १५ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.२५% र संस्थागत मुद्दति निक्षेपमा अधिकतम ८.५०% ब्याजदर तोकेको छ । यता, बैंकले बचततर्फ न्यूनतम ३.२५% देखि अधिकतम ५.२५% सम्म मात्र ब्याज दिने भएको छ । नबिल बैंकको पुस मसान्तसम्म आधारदर ८.१०% रहेको छ । यसैलाई आधार मानेर ऋण प्रवाह गर्नेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर र घर कर्जामा (५%), गाडी कर्जामा (४%–६%) र शैक्षिक कर्जामा (५.५०%) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।

प्रभु बैंक

प्रभु बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.२५% र संस्थागत मुद्दति निक्षेपमा अधिकतम ८.५०% रहेको छ । यता, बैंकले बचततर्फ न्यूनतम ३.५०% देखि अधिकतम ५.५०% सम्म ब्याजदर दिनेछ । यस बैंकको पुस मसान्तसम्मको आधार दर ९.४५% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण उपलब्ध गराउने छ । जसअनुसार सेयर, घर र शैक्षिक कर्जामा (५%) प्रिमियम थप गरेर कर्जा दिएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दतिमा ८.५०% निर्धारण भएको छ । बचतमा न्यूनतम ३.५०% देखि अधिकतम ५.५०% सम्म ब्याज पाइनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर ८.४६% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (२.७५%–६%), घर कर्जामा (२%–५.५०%), गाडी कर्जामा (२%–६%), शैक्षिक कर्जामा मा (२.७५%–६%) प्रिमियम थप गरेर कर्जा दिइने बैंकको भनाई छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.६०% रहेको छ । यता, बैंकले बचततर्फ न्यूनतम ०.७५% देखि अधिकतम ६% सम्म ब्याजदर दिने जनाएको छ । यस बैंकको पुस मसान्तसम्म आधारदर ९.६४% छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (१.२५%–६%), घर कर्जामा (५%), गाडी कर्जामा (१.२५%–५%) र शैक्षिक कर्जामा (२.५%–६%) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।

प्राइम बैंक

प्राइम बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.६०% रहेको छ । यता, बैंकले बचततर्फ ६.५०% सम्म ब्याजदर दिनेछ । पुस मसान्तसम्म यसको आधारदर ९.४५% छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर, घर र शैक्षिक कर्जामा (६%) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% हुनेछ । बैंकले बचतमा न्यूनतम ४.५% देखि अधिकतम ६.५०% सम्म ब्याज दिनेछ । पुस मसान्तसम्ममा यसको आधार दर १०.०९% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण दिंदै आएको छ । जसअनुसार सेयर कर्जामा (१%–६%), घर कर्जामा (४५–६५), गाडी र शैक्षिक कर्जामा (६%) प्रिमियम थप गरेर कर्जा दिएको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% रहेको छ । यता, बैंकले बचततर्फ न्यूनतम २% देखि अधिकतम ५% सम्म ब्याज दिनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर ९.९४% रहेको छ । यसको सेयर कर्जामा (१.७५%–६%), घर र शैक्षिक कर्जामा (५%) प्रिमियम थप गरेर कर्जा प्रवा हुनेछ ।

एनएमबि बैंक

एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.६०% छ । यता, बैंकले बचततर्फ न्यूनतम ४.५०% देखि अधिकतम ६.५०% सम्म ब्याजदर दिने जनाएको छ । बैंकको पुस मसान्तसम्म आधारदर १०.१५% छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (२%–६%), घर कर्जामा (२%–८.५%), गाडी कर्जामा (४%–८.५%) र शैक्षिक कर्जामा (३%–८.५%) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।

सनराइज बैंक

सनराइज बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% हुनेछ । बैंकले बचतमा न्यूनतम ४% देखि अधिकतम ६% सम्म ब्याज दिनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर १०.०१% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण दिंदै आएको छ । जसअनुसार सेयर, घर र शैक्षिक कर्जामा (६%) प्रिमियम थप गरेर कर्जा दिएको छ ।

सानिमा बैंक

सानिमा बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दतिमा ८.६०% ब्याजदर निर्धारण भएको छ । बचतमा न्यूनतम ३.२५% देखि अधिकतम ६.५०% सम्म ब्याज दिनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर ९.२९% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम हुनेछ । जसअनुसार सेयर घर गाडी, शैक्षिक कर्जामा ५% प्रिमियम थप गरेर कर्जा दिनेछ ।- नेपाली पैसाबाट

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ९ : ३९ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले