बैंकको ब्याजदर घट्यो, कुन बैंकको कति ? | Khabarhub Khabarhub

बैंकको ब्याजदर घट्यो, कुन बैंकको कति ?


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंक तथा वित्तीय क्षेत्रमा ब्याजदर घटेको छ । कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै हुन थालेपछि ब्याजदर घटेको हो

नेपाल राष्ट बैंकले कर्जा प्रवाह सिमित बनाएपछि निक्षेप बढेको हो । तरलता सहज भएपछि विस्तारै ब्याजदर घट्ने क्रम पनि सुरु भएको छ ।

कुन बैंकको ब्याजदर कति ?

नबिल बैंक

नबिल बैंकले फागुन १५ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.२५% र संस्थागत मुद्दति निक्षेपमा अधिकतम ८.५०% ब्याजदर तोकेको छ । यता, बैंकले बचततर्फ न्यूनतम ३.२५% देखि अधिकतम ५.२५% सम्म मात्र ब्याज दिने भएको छ । नबिल बैंकको पुस मसान्तसम्म आधारदर ८.१०% रहेको छ । यसैलाई आधार मानेर ऋण प्रवाह गर्नेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर र घर कर्जामा (५%), गाडी कर्जामा (४%–६%) र शैक्षिक कर्जामा (५.५०%) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।

प्रभु बैंक

प्रभु बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.२५% र संस्थागत मुद्दति निक्षेपमा अधिकतम ८.५०% रहेको छ । यता, बैंकले बचततर्फ न्यूनतम ३.५०% देखि अधिकतम ५.५०% सम्म ब्याजदर दिनेछ । यस बैंकको पुस मसान्तसम्मको आधार दर ९.४५% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण उपलब्ध गराउने छ । जसअनुसार सेयर, घर र शैक्षिक कर्जामा (५%) प्रिमियम थप गरेर कर्जा दिएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दतिमा ८.५०% निर्धारण भएको छ । बचतमा न्यूनतम ३.५०% देखि अधिकतम ५.५०% सम्म ब्याज पाइनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर ८.४६% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (२.७५%–६%), घर कर्जामा (२%–५.५०%), गाडी कर्जामा (२%–६%), शैक्षिक कर्जामा मा (२.७५%–६%) प्रिमियम थप गरेर कर्जा दिइने बैंकको भनाई छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.६०% रहेको छ । यता, बैंकले बचततर्फ न्यूनतम ०.७५% देखि अधिकतम ६% सम्म ब्याजदर दिने जनाएको छ । यस बैंकको पुस मसान्तसम्म आधारदर ९.६४% छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (१.२५%–६%), घर कर्जामा (५%), गाडी कर्जामा (१.२५%–५%) र शैक्षिक कर्जामा (२.५%–६%) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।

प्राइम बैंक

प्राइम बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.६०% रहेको छ । यता, बैंकले बचततर्फ ६.५०% सम्म ब्याजदर दिनेछ । पुस मसान्तसम्म यसको आधारदर ९.४५% छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर, घर र शैक्षिक कर्जामा (६%) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% हुनेछ । बैंकले बचतमा न्यूनतम ४.५% देखि अधिकतम ६.५०% सम्म ब्याज दिनेछ । पुस मसान्तसम्ममा यसको आधार दर १०.०९% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण दिंदै आएको छ । जसअनुसार सेयर कर्जामा (१%–६%), घर कर्जामा (४५–६५), गाडी र शैक्षिक कर्जामा (६%) प्रिमियम थप गरेर कर्जा दिएको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% रहेको छ । यता, बैंकले बचततर्फ न्यूनतम २% देखि अधिकतम ५% सम्म ब्याज दिनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर ९.९४% रहेको छ । यसको सेयर कर्जामा (१.७५%–६%), घर र शैक्षिक कर्जामा (५%) प्रिमियम थप गरेर कर्जा प्रवा हुनेछ ।

एनएमबि बैंक

एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.६०% छ । यता, बैंकले बचततर्फ न्यूनतम ४.५०% देखि अधिकतम ६.५०% सम्म ब्याजदर दिने जनाएको छ । बैंकको पुस मसान्तसम्म आधारदर १०.१५% छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (२%–६%), घर कर्जामा (२%–८.५%), गाडी कर्जामा (४%–८.५%) र शैक्षिक कर्जामा (३%–८.५%) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।

सनराइज बैंक

सनराइज बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% हुनेछ । बैंकले बचतमा न्यूनतम ४% देखि अधिकतम ६% सम्म ब्याज दिनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर १०.०१% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण दिंदै आएको छ । जसअनुसार सेयर, घर र शैक्षिक कर्जामा (६%) प्रिमियम थप गरेर कर्जा दिएको छ ।

सानिमा बैंक

सानिमा बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दतिमा ८.६०% ब्याजदर निर्धारण भएको छ । बचतमा न्यूनतम ३.२५% देखि अधिकतम ६.५०% सम्म ब्याज दिनेछ । बैंकको पुस मसान्तसम्मको आधार दर ९.२९% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम हुनेछ । जसअनुसार सेयर घर गाडी, शैक्षिक कर्जामा ५% प्रिमियम थप गरेर कर्जा दिनेछ ।- नेपाली पैसाबाट

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ९ : ३९ बजे

चाडपर्वको मुखमै सुन कारोबारमा मन्दी

काठमाडौं– दशैं, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सुनको कारोबारमा

च्याम्पियन्स लिग: म्यानचेस्टर र इन्टरको बराबरी, पिएसजी र सेल्टिकको विजयी सुरुवात

लण्डन – स्कटल्यान्डको सेल्टिकले युरोपेली च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका

ओमानसँग नेपाल एक विकेटले हारेको खेलमा प्लेयर अफ द म्याच बने गुल्सन झा

काठमाडौं – आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले