कोरोना भाइरसले पाकिस्तानमा एकै दिन ६ जनाको मृत्यु, संक्रमित ३ हजार नाघे « Khabarhub

कोरोना भाइरसले पाकिस्तानमा एकै दिन ६ जनाको मृत्यु, संक्रमित ३ हजार नाघे


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

पाकिस्तानमा एकैदिन ३३९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार १५७ पुगेको छ ।

पाकिस्तानमा संक्रमितमध्ये २११ जना उपचारपछि निको भएका छन् । २ हजार ८९९ जना उपचाररत छन् । उनीहरुमध्ये १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसैबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख ७२ हजार नाघेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७२८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४१८ पुगेको छ ।

एकै दिन ७१ हजार २५४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७२ हजार ७३७ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारपछि निको भएका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा ३ लाख ३६ हजार बढी संक्रमित देखिएका छन् भने अमेरिकामा ९ हजार ६ सय बढीको ज्यान गएको छ ।

त्यसैगरी स्पेनमा १ लाख ३१ हजार बढी संक्रमित रहेका छन् । जहाँ १२ हजार ६४१ बढीको ज्यान गएको छ ।

त्यस्तै इटालीमा १५ हजार ८ सय ८७ जनाको ज्यान गएको छ भने १ लाख २८ हजार बढी संक्रमित भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर हाल यूरोपियन मुलुक हुँदै अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : ३६ बजे

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका