भारतीय सीमा नाकामा कडाई « Khabarhub

भारतीय सीमा नाकामा कडाई


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – कोराना भाइरसको जोखिम बढेसँगै भारतसँग सीमा जोडिएका नाकामा सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ ।

बाँकेका साना, ठूला सबै नाकामा सशस्त्र प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा पारिएको हो ।

भारतको बहराइच र श्रावस्ती जिल्लाबाट लुकीछिपी मानिसको आवागमन भइरहेकाले मुख्य सीमानाकासहित सीमावर्ती क्षेत्रमा थप १२० जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक दीपक अधिकारीले बताए ।

लकडाउनलाई पूर्णरुपमा पालनाका लागि अब भारतबाट एक जना पनि छिर्न नदिइने अधिकारीले जनाएका छन् ।

सीमानाकामा निगरानी बढाउन बाँकेका सबै ६ वटै बोर्डर आउट पोष्टमा थप प्रहरी पठाइएको छ ।

जिल्लाको नरैनापुर गाउँपालिका अन्तर्गतका नरैनापुर, गङ्गापुर, कटकुइँया बिओपी, डुडुवा गाउँपालिकाको कालाबञ्जार बिओपी, नेपालगञ्जको जयसपुर बिओपी र जानकी गाउँपालिकाको बढैँया बिओपीसहित खडैँचा र बढैँया बिओपीको पानीट्याङ्कीस्थित फरवार्ड बेश क्याम्पमा थप सशस्त्र प्रहरी पठाइएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

उनकाअनुसार बिओपीमा सशस्त्र प्रहरीको संख्या धेरै भएपछि अब एक/एक किलोमिटरमा प्रहरी बसेर लुकीछिपी आउने मानिसलाई भारतमै फर्काइने छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ८ : ३६ बजे

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप